काठमाडौं । कञ्चनपुरमा विद्युत्को तारबाट करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–५ गजरौला निवासी लक्ष्मी नेपाली रहेकी छन्। सोमबार बिहान आफ्नै घरमा कपडा सुकाउने क्रममा विद्युत्को तारले छोएपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएकी नेपालीलाई तत्काल उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्