काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरी यादवले मधेस प्रदेशका सांसदहरूसँग सिंहदरबारस्थित गृह मन्त्रालयमा छलफल गरिरहेका छन्।
मधेस प्रदेशमा पछिल्लो समय देखिएको घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिबारे मन्त्रीद्वयले सांसदहरूसँग छलफल गरिरहेको जनाइएको छ।
सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेस प्रदेशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। त्यसक्रममा गृहमन्त्री गुरुङले प्रदर्शनरत पक्षसँग विभिन्न विषयमा सहमति गरेका थिए।
सोही सहमति र त्यसपछिको अवस्थाबारे मन्त्रीद्वयले मधेसका सांसदहरूसँग छलफल गरिरहेका हुन्।
आगामी कार्ययोजनाबारे पनि छलफल
छलफलमा मधेस प्रदेशमा हालै भएका घटनाक्रम, प्रदर्शनका कारण तथा समाधानका उपायबारे सांसदहरूसँग सुझाव लिइएको छ।
मन्त्रीहरूले प्रदर्शनरत पक्षसँग भएका सहमति र सरकारले अघि बढाउनुपर्ने विषयबारे सांसदहरूलाई जानकारी गराउँदै आगामी कार्ययोजनाका विषयमा समेत परामर्श गरिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्