ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूले केही दिनमै नयाँ उपकुलपति पाउँदै, तीन नाम प्रधानमन्त्रीसमक्ष सिफारिस


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ६ : ४५   बजे

काठमाडौँ विश्वविद्यालय (केयू)ले केही दिनमै नयाँ उपकुलपति पाउने भएको छ। उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ।

समितिले सिफारिस गरेका नाम सोमबार केयूका कुलपति एवं प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पठाइएको शिक्षा मन्त्रालयले जनाएको छ। अब प्रधानमन्त्री शाहले सिफारिस गरिएका तीनमध्ये एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।

शिक्षा मन्त्रालय स्रोतका अनुसार उपकुलपतिका लागि तीन जनाको नाम टुंगो लगाएर प्रधानमन्त्रीको कार्यालय पठाइसकिएको छ। प्रधानमन्त्रीले अध्ययन गरेपछि केही दिनमै नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ।

छनोट समितिले बालचन्द्र लुईटेल, विवेक बराल र विकास नकर्मीको नाम सिफारिस गरेको हो। लुईटेल र बराल काठमाडौँ विश्वविद्यालयमै कार्यरत छन् भने नकर्मी चीनको नान्चिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनोटिक्समा प्राध्यापनरत छन्।

अध्यादेशमार्फत उपकुलपति हटाइएपछि नयाँ प्रक्रिया

सरकारले गत वैशाखमा अध्यादेशमार्फत केयूका तत्कालीन उपकुलपति अच्युत वाग्लेलाई पदबाट हटाएको थियो। त्यसपछि जेठ १९ गते बसेको केयू सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा उपकुलपति छनोट समिति गठन गरेको थियो।

समितिमा केयूका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यसमेत सहभागी छन्।

३५ आवेदन, १० जनाको अल्पसूची

उपकुलपति छनोट समितिले असार ३ गते आवेदन आह्वान गरेको थियो। उपकुलपति पदका लागि ३५ जनाले आवेदन दिएका थिए।

प्राप्त आवेदनमध्ये समितिले १० जनालाई अल्पसूचीमा राखेको थियो। अल्पसूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुईटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने थिए।

समितिले साउन २२ गते अल्पसूचीमा परेका उम्मेदवारसँग अन्तर्वार्ता लिएको थियो। तर निरञ्जन पराजुली भने अन्तर्वार्तामा सहभागी भएनन्।

‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम छनोट प्रक्रिया अघि बढाइएको थियो। सोही प्रक्रियाबाट अन्तर्वार्तामा सहभागी नौ जनामध्ये तीन जनाको नाम उपकुलपतिका लागि सिफारिस गरिएको हो।

को हुन् तीन प्रतिस्पर्धी?

प्रा.डा. बालचन्द्र लुईटेल
लुईटेल केयूको स्कूल अफ एजुकेशनका डीन हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर तथा अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट गणितमै विद्यावारिधि गरेका छन्। सन् १९९८ देखि केयूमा अध्यापन तथा प्राज्ञिक गतिविधिमा संलग्न उनी सांस्कृतिक रूपमा सान्दर्भिक गणित तथा विज्ञान शिक्षाको विकासमा काम गर्दै आएका छन्।

उनी राष्ट्रिय शिक्षा पुरस्कार, युवा वैज्ञानिक पुरस्कार र गणितीय विज्ञान पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रा.डा. विवेक बराल
बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनले न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्। उनी केयू प्राध्यापक संघका पूर्वसभापतिसमेत हुन्।

उनले धुलिखेल र विराटनगरका परम्परागत तथा आधुनिक घरको तापक्रम व्यवस्थापन, ऊर्जा खपत र इन्डोर थर्मल कम्फर्टलगायतका विषयमा अध्ययन गरेका छन्। ब्याट्री कुलिङ, नानोफ्लुइड्स तथा विद्युतीय सवारीसाधनको थर्मल म्यानेजमेन्टसम्बन्धी अनुसन्धानमा समेत उनी संलग्न छन्।

प्रा.डा. विकास नकर्मी
नकर्मी पेशाले इन्जिनियर हुन्। उनले दक्षिण कोरियाको कोरिया एड्भान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (KAIST) बाट अप्टिकल कम्युनिकेसन एन्ड नेटवर्कमा विद्यावारिधि गरेका छन्।

माइक्रोवेभ फोटोनिक्स, फोटोनिक रडार, सिलिकन फोटोनिक्स र अप्टिकल कम्प्युटिङलगायतका क्षेत्रमा अनुसन्धानरत नकर्मी हाल चीनको नान्चिङ युनिभर्सिटी अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्समा प्राध्यापनरत छन्।

अब तीनमध्ये कसले काठमाडौँ विश्वविद्यालयको नेतृत्व सम्हाल्ने भन्ने निर्णय प्रधानमन्त्री तथा कुलपति शाहले गर्नेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

सम्बन्धित

विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखमा ५५ वर्षे उमेरहद प्रस्ताव

झारखण्डमा विद्यार्थी आन्दोलन १७औँ दिनमा, विधानसभा घेराउको तयारी

शिक्षा क्षेत्रमा नीतिगत सुधार तीव्र, मन्त्रालयले थाल्यो नयाँ पहल

उच्च शिक्षा सुधार : ‘योग्य जनशक्ति भित्र्याएनौं भने विश्वविद्यालय प्रतिस्पर्धी बन्न सक्दैन’

बालविवाह र यौन दुर्व्यवहारविरुद्ध विद्यालयमै कानुनी सचेतना, म्याग्दीका विद्यार्थीलाई अधिकार र सजायबारे जानकारी

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu