ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन प्रकाशमान सिंहको प्रस्ताव


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : ०५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

सोमबार काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीभित्र देखिएको विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्।

सिंहले पार्टीलाई भावनात्मक तथा सांगठनिक रूपमा एकताबद्ध बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरेर अघि बढ्नुपर्ने धारणा राखे।

उनले भने, ‘१५औँ महाधिवेशन अगाडि आइरहेको छ, त्यसलाई एकताको महाधिवेशन गरौँ भन्ने हाम्रो भनाइ हो। एकातिर विशेष महाधिवेशन पक्षधर हुनुहुन्छ भने अर्कोतिर हामी नियमित महाधिवेशन पक्षधर छौँ। नेपाली कांग्रेसलाई समग्र रूपमा मिलाउन दुवै पक्षलाई एकै ठाउँमा राखेर अघि बढ्नुपर्छ।’

नेता सिंहले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाको थलो बनाउनुपर्नेमा पनि जोड दिए। उनले पार्टी नेतृत्वका लागि जो लोकप्रिय र सक्षम छ, उसैले नेतृत्व सम्हाल्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

पार्टीको आन्तरिक विवाद समाधानका लागि नयाँ र अस्थायी विधि खोज्नुभन्दा कांग्रेसले अवलम्बन गर्दै आएको स्थापित विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासअनुसार नै महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।

सिंहले कांग्रेसको आन्तरिक एकता मजबुत बनाउन पार्टीका सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले नेतृत्व चयनसँगै पार्टीको सांगठनिक एकता, कार्यकर्ताबीचको सम्बन्ध र आगामी राजनीतिक चुनौती सामना गर्न सक्ने कांग्रेस निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयलाई लिएर देखिएको मतभेदका बीच सिंहको यस्तो प्रस्तावलाई पार्टीको आन्तरिक विवाद समाधानका लागि समन्वयकारी राजनीतिक पहलका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Asia Bolsters Local Oil, Gas Storage After Strait of Hormuz Crisis

Minneapolis Shooting Kills Two, Wounds Three Police Officers

Morocco’s Ruling Allies Clash Ahead of Election

Trump Threatens More Strikes as Iran Death Toll Rises to 18

Asia-Pacific Media Forum to Kick Off in Guangdong, China

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu