ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसका धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन समाधान खोज्न गृहमन्त्रीको पहल


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मधेस प्रदेशमा पछिल्लो समय देखिएका घटनाक्रम तथा धार्मिक र साम्प्रदायिक तनावबारे मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

गृहमन्त्री गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेस प्रदेशका सबै राजनीतिक दलका सांसदसँग सोमबार गृह मन्त्रालयमा छलफल गरेका हुन्। छलफलमा मधेसमा हालै भएका घटनासहित समसामयिक सुरक्षा चुनौती र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे सुझाव लिइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारीका अनुसार छलफल मुख्यतः मधेसमा पटक–पटक देखिने धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन समाधान खोज्ने विषयमा केन्द्रित थियो।

उनका अनुसार गृहमन्त्री गुरुङले मधेसमा उत्पन्न हुने तनावलाई दीर्घकालीन रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूसँग सुझाव मागेका थिए।

‘गृहमन्त्रीज्यूले मधेस प्रदेशमा हुने गरेका धार्मिक तथा साम्प्रदायिक तनावलाई दीर्घकालीन रूपमा कसरी हल गर्न सकिन्छ ? तपाईंहरूको सुझाव चाहियो भन्नुभयो,’ भण्डारीले भनिन्, ‘आइन्दा यस्तो घटना नहोस् भनेर दीर्घकालीन समाधानमा जानुपर्छ भन्नुभयो।’

छलफलका क्रममा सांसदहरूले पछिल्लो समय सुनसरी, सिरहा लगायत मधेसका केही जिल्लामा भएका घटनालाई नियन्त्रणमा लिने क्रममा स्थानीय प्रशासन र सुरक्षा निकायबाट भएका कमजोरीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सांसद भण्डारीका अनुसार भिड नियन्त्रणका क्रममा प्रहरी तथा स्थानीय प्रशासनले अपनाएको सुरक्षा रणनीतिमा सुधार आवश्यक रहेको विषयमा सांसदहरूले सुझाव दिएका छन्।

‘भिड नियन्त्रणको क्रममा प्रहरी र स्थानीय प्रशासनबाट भएका कमजोरी र आउने दिनमा ध्यान दिनुपर्ने कुराका विषयमा हामीहरूले सुझाव दिइरहेका छौँ,’ उनले भनिन्।

सांसदहरूले सम्भावित तनावको पूर्वानुमान गरी सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने, संवेदनशील क्षेत्रमा समयमै सुरक्षा उपस्थिति बढाउनुपर्ने तथा स्थानीय तह र समुदायसँग समन्वय गरेर विवाद समाधानको पहल गर्नुपर्ने धारणा राखेका छन्।

गृहमन्त्री गुरुङले मधेसमा पटक–पटक उत्पन्न हुने धार्मिक तथा साम्प्रदायिक तनावलाई तत्काल नियन्त्रणमा मात्र सीमित नराखी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो छलफललाई सरकारले मधेसमा देखिने सामुदायिक तनावको कारण पहिचान, सुरक्षा व्यवस्थापनमा सुधार तथा राजनीतिक र सामाजिक तहमा संवाद बढाउने प्रयासका रूपमा अघि बढाएको देखिन्छ।

मधेसमा संवेदनशील घटनापछि हुने तनावलाई नियन्त्रण गर्न प्रशासनिक तयारीसँगै स्थानीय समुदाय, राजनीतिक दल तथा नागरिक समाजबीच निरन्तर संवाद आवश्यक रहेको सांसदहरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Asia Bolsters Local Oil, Gas Storage After Strait of Hormuz Crisis

Minneapolis Shooting Kills Two, Wounds Three Police Officers

Morocco’s Ruling Allies Clash Ahead of Election

Trump Threatens More Strikes as Iran Death Toll Rises to 18

Asia-Pacific Media Forum to Kick Off in Guangdong, China

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu