ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ १५ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गरिने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ५५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावलीमा नाम छुटेका तथा विवरण सच्याउनुपर्ने नागरिकलाई समयमै मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

कार्यालयले बसाइँसराइ वा विवाहका कारण मतदाता विवरण परिवर्तन भएका तथा मृत्यु भएका मतदाताको नाम हटाउनेलगायतका कामसमेत जारी रहेको जनाएको छ।

धनगढीमा आयोजित वार्षिक समीक्षा तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रेमराज भण्डारीले निर्वाचन आयोगको निर्णयअनुसार आगामी भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने गरी अद्यावधिक प्रक्रिया सञ्चालन हुने जानकारी दिए।

उनका अनुसार नागरिकले अनलाइन प्रणालीमार्फत वा सम्बन्धित कार्यालयमा भौतिक रूपमा उपस्थित भएर मतदाता नामावली दर्ता तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।

कार्यालय प्रमुख भण्डारीले मतदाता नामावली व्यवस्थापनलाई निर्वाचन कार्यालयमा मात्र सीमित नराखी स्थानीय तह र वडा कार्यालयसँगको समन्वयमा नागरिकको घरदैलोसम्म पुर्‍याउने योजना रहेको बताए।

स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ र मृत्यु भएका व्यक्तिको विवरण भिडाएर मतदाता नामावली अद्यावधिक गर्ने कामभइरहेको उनले जानकारी दिए।

कार्यालयले यसअघि कैलालीका विभिन्न स्थानीय तहका १३ वटा वडा कार्यालयमा अनलाइन मतदाता नामावली प्रणालीसम्बन्धी सहजीकरणगरेको थियो।

गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बर्दगोरिया र टीकापुरका विभिन्न वडामा अनलाइन मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रणालीबारे अभिमुखीकरणसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले आगामी निर्वाचनमा बढीभन्दा बढी नागरिकको सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

निर्वाचन कार्यालयले मतदाता नामावली दर्तालाई निर्वाचन शिक्षासँग जोडेर अघि बढाउन नमुना मतदानजस्ता व्यवहारिक कार्यक्रमलाई समेत प्राथमिकता दिएको जनाएको छ।

कार्यालय प्रमुख भण्डारीका अनुसार नमुना मतदानमा वास्तविक मतदान केन्द्रकै जस्तो वातावरण तयार गरी मतदातालाई मतदाता परिचय, मतदान प्रक्रिया, मतपत्र प्रयोग तथा मतदान गर्ने तरिकाबारे व्यवहारिक अभ्यास गराइन्छ।

यसबाट विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवा तथा निर्वाचन प्रक्रियाबारे अन्योलमा रहेका नागरिकको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

यसअघि कार्यालयले कैलालीका १२६ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचनसम्बन्धी सूचना तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।

दुई लाखभन्दा बढी नागरिक मतदाता शिक्षाबाट लाभान्वित

कार्यालयका अनुसार विभिन्न स्थानीय तहका २८ विद्यालय तथा शैक्षिक संस्थामा ४३ समूह परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।

त्यस क्रममा विशेष मतदाता शिक्षा कार्यक्रमबाट २ लाख ३ हजार ५३६ जना तथा निर्वाचन शिक्षा कार्यक्रमबाट २ लाख ६ हजार ५०८ जनालाभान्वित भएका छन्।

यसले मतदाता नामावली व्यवस्थापनसँगै निर्वाचन प्रक्रियाबारे नागरिकलाई जानकारी गराउने कामलाई समेत कार्यालयले प्राथमिकता दिएको देखाउँछ।

आर्थिक वर्ष २०८२/८३ मा कैलालीमा मात्रै २८ हजार ५७३ जना नयाँ मतदाता दर्ता भएका छन्।

तीमध्ये राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत २१ हजार ८५७ जना र निर्वाचन कार्यालयमै जैविक विवरण सङ्कलन गरी ६ हजार ७१६ जना नयाँ मतदाता दर्ता भएको कार्यालयले जनाएको छ।

सोही अवधिमा मतदाता विवरण सच्याउने, मतदाता सार्ने तथा मृत्यु भएका व्यक्तिको नाम हटाउनेलगायत ३ हजार ६६५ वटा अद्यावधिक कार्य सम्पन्न भएका छन्।

निर्वाचन कार्यालयले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक र विश्वसनीय बनाउन नागरिकको सहभागिता आवश्यक रहेको जनाएको छ। विशेषगरी नाम छुटेका, विवरणमा त्रुटि भएका तथा विवाह, बसाइँसराइ वा मृत्युका कारण विवरण परिवर्तन भएका व्यक्तिले तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न कार्यालयले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu