ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : १५   बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेस प्रदेशका सांसदहरूसँग पछिल्लो समय देखिएको तनाव र त्यसको समाधानका उपायबारे छलफल गरेका छन्।

गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेस प्रदेशको पछिल्लो अवस्था, तनावका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक तथा उत्तेजनात्मक सामग्री र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे केन्द्रित भएर छलफल भएको हो।

छलफलमा सहभागी अधिकांश सांसदले सामाजिक सञ्जालमा प्रसारित भ्रामक तथा उत्तेजना फैलाउने भिडियोले सर्वसाधारणमा थप आक्रोश सिर्जना गरेको र त्यसले आन्दोलन तथा तनाव चर्काउन भूमिका खेलेको धारणा राखेका थिए।

सांसदहरूले सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, भ्रामक सामग्री तथा उत्तेजनात्मक प्रचार नियन्त्रणका लागि राज्यका सम्बन्धित निकाय थप सचेत, सक्रिय र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

अवस्था क्रमशः सहज हुँदै गएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सभापति एवं सांसद तपेश्वर यादवले गृहमन्त्रीको सक्रियताका कारण पछिल्लो अवस्था क्रमशः सहज बन्दै गएको बताए।

उनले शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सरकार र राजनीतिक दलबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा राखे।

रास्वपाकी सांसद पुनम अग्रवालले सीमावर्ती क्षेत्रमा देखिएको कडाइलाई सहज बनाउनुपर्ने प्रस्ताव राखिन्।

उनले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोगका सामान्य सामग्री सहज रूपमा ल्याउन सक्ने वातावरण बनाउनुपर्ने बताइन्। उनका अनुसार सीमाबाट ५ सयदेखि १ हजार रुपैयाँसम्मका दैनिक उपभोग्य सामान ल्याउन पाउने व्यवस्था सहज बनाउँदा स्थानीय नागरिकले भोग्दै आएको असहजता कम गर्न सहयोग पुग्न सक्छ।

नेपाली कांग्रेसकी सांसद रेखा यादवले धर्मका नाममा हुने राजनीति तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताइन्।

मधेसमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकार र सुरक्षा निकायको भूमिका मात्र पर्याप्त नहुने भन्दै सांसदहरूले राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच निरन्तर संवाद आवश्यक रहेको बताएका थिए।

सांसदहरूले सम्भावित तनावको पूर्वानुमान गरी समयमै आवश्यक सुरक्षा तथा प्रशासनिक तयारी गर्नुपर्ने र स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई संवादमार्फत समाधान गर्ने संयन्त्र बलियो बनाउनुपर्ने सुझावसमेत दिएका छन्।

छलफलमा गृहमन्त्री गुरुङले मधेस प्रदेशमा पछिल्लो समय देखिएको तनाव नियन्त्रण तथा अवस्था सामान्य बनाउन राजनीतिक दल र सांसदहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उनले आगामी दिनमा मधेसमा पुनः यस्ता आन्दोलन तथा तनावको अवस्था सिर्जना हुन नदिन सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

गृहमन्त्रीले सामाजिक सद्भाव कायम राख्न सरकारका तर्फबाट आवश्यक पहल जारी राख्ने बताउँदै राजनीतिक दल तथा जनप्रतिनिधिको सहकार्यलाई समेत निरन्तरता दिन आग्रह गरे।

छलफलले मधेसको पछिल्लो तनावलाई तत्काल नियन्त्रण गर्ने प्रयाससँगै गलत सूचना नियन्त्रण, सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने, धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने र राजनीतिक संवादलाई निरन्तरता दिने विषयलाई दीर्घकालीन समाधानको आधारका रूपमा अघि सारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Asia Bolsters Local Oil, Gas Storage After Strait of Hormuz Crisis

Minneapolis Shooting Kills Two, Wounds Three Police Officers

Morocco’s Ruling Allies Clash Ahead of Election

Trump Threatens More Strikes as Iran Death Toll Rises to 18

Asia-Pacific Media Forum to Kick Off in Guangdong, China

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu