ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ५५   बजे

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिन नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार जयशंकर अगस्टको अन्तिम साता काठमाडौं आउने तयारीमा छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरी भारतमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनेछन्।

१८औँ ब्रिक्स शिखर सम्मेलन आगामी सेप्टेम्बर १२ र १३ मा भारतको नयाँ दिल्लीमा आयोजना हुँदैछ।

प्रधानमन्त्री शाहसँग भेटवार्ता

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री शाहलाई ब्रिक्स सम्मेलनको निमन्त्रणा दिनु रहेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विषयमा समेत छलफल हुनसक्ने अपेक्षा गरिएको छ।

भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा दिँदै आएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको निमन्त्रणामा ब्रिक्स सम्मेलनमा सहभागी भएका थिए।

यसअघि प्रचण्डको सहभागिता

यसअघि प्रधानमन्त्री प्रचण्डले ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।

यसपटक पनि भारतले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी गराउन निमन्त्रणा दिन लागेको हो। जयशंकरको काठमाडौं भ्रमणलाई नेपाल–भारत उच्चस्तरीय कूटनीतिक सम्पर्कको निरन्तरताका रूपमा समेत हेरिएको छ।

भाजपाका नेता पनि काठमाडौं आउँदै

जयशंकरको भ्रमणकै आसपास भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि काठमाडौं आउने तयारीमा रहेको बताइएको छ।

अगस्ट २६ मा काठमाडौंमा भारतीय सञ्चारमाध्यम एनडीटीभीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन चौथाईवाला नेपाल आउन लागेका हुन्। उनको भ्रमणका क्रममा पनि विभिन्न राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुनसक्ने बताइएको छ।

यद्यपि, दुवै भ्रमणको औपचारिक कार्यतालिका भने सार्वजनिक हुन बाँकी छ।

भारतले आयोजना गर्न लागेको ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीको सहभागिताले नेपाल–भारत सम्बन्धसँगै क्षेत्रीय तथा बहुपक्षीय सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित पछिल्लो समय विस्तार भएका सदस्य राष्ट्रहरू सहभागी छन्। भारतमा आयोजना हुने यसपटकको सम्मेलनमा आमन्त्रित मुलुकका नेताहरूको सहभागिता पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu