सर्लाही । कबिलासी नगरपालिका–४ हेम्पुरमा घरको भर्याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय धिरेन्द्र रायका छोरा गोपिचन राय रहेका छन्।
प्रहरीका अनुसार सोमबार साँझ दुईतले काठको घरको भर्याङबाट तल झर्ने क्रममा नालीमा खसेर गोपिचन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल श्रीराम अस्पताल मलंगवा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि मंगलबार बिहान न्युरो अस्पताल वीरगन्ज पठाइएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले गोपिचनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्