काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधनले नेपाली साहित्य र बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
मुटुसम्बन्धी समस्याबाट पीडित विमलको मंगलबार राति १२ः३० बजे जनकपुरमा निधन भएको हो।
थापाले सामाजिक सञ्जालमार्फत विमलले नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा अध्ययनका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्।
वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राज्ञिक व्यक्तित्व विमलको निधनले नेपाली साहित्य र बौद्धिक जगतमा ठूलो क्षति पुगेको थापाले उल्लेख गरेका छन्।
थापाले लेखेका छन्, “नेपाली, मैथिली र अंग्रेजी साहित्य तथा भाषा–अध्ययनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ।”
उनले दिवंगत विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्