काठमाडौं । जाजरकोटमा मंगलबार बिहान ९ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोटका विभिन्न क्षेत्रमा महसुस गरिएको स्थानीयवासीले बताएका छन्। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन।
यसअघि साउन १८ गते रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्