काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच करिब ३५ मिनेट छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सभामुख अर्याल मंगलबार दिउँसो १२ः२० बजे प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरूबीच १२ः५५ बजेसम्म छलफल भएको थियो।
भेटमा संघीय संसद्को चालु अधिवेशन, संसद्को कार्यसम्पादन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा संसद् र सरकारबीचको समन्वय तथा चालु अधिवेशनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्