ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सांसद मण्डलको आरोप : ‘भारतलाई खुसी पार्न प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति दिए’


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौं । नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री वालेन्द्र शाहले भारतलाई खुसी पार्ने उद्देश्यले नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मण्डलले प्रधानमन्त्री शाहले नेपालले पनि भारतका विभिन्न स्थानमा सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरे।

पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति भारतलाई रिझाउने उद्देश्यबाट प्रेरित भएको मण्डलको दाबी थियो।

“बालेन्द्र शाहजीले नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भनेर रोष्ट्रममा उभिएर दिएको अभिव्यक्ति त्यसै आएको होइन,” मण्डलले भने, “त्यो निश्चित रूपमा भारतलाई खुसी पार्न आएको हो।”

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताउँदै उनले नेपालको सार्वभौमिकता र राष्ट्रिय हितसँग जोडिएका विषयमा प्रधानमन्त्रीले संवेदनशील भएर बोल्नुपर्ने धारणा राखे।

मण्डलले विवादित अभिव्यक्ति संसद्को अभिलेखमा राख्न नमिल्ने भन्दै त्यसलाई सच्याउनसमेत माग गरे। उनका अनुसार प्रधानमन्त्रीको उक्त भनाइले नेपालको सीमा तथा सार्वभौमिकतासम्बन्धी विषयमा अनावश्यक प्रश्न उठाउने अवस्था सिर्जना गर्न सक्छ।

उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति तत्काल सच्याएर नेपालको राष्ट्रिय हित र सीमा सुरक्षासम्बन्धी विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu