ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोपाल शर्माको प्रधानमन्त्री शाहलाई आग्रह : ‘गुप्तवास छाडेर संसद्मा आउनुस्’


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘गुप्तवास’ शैलीको राजनीतिक व्यवहार त्यागेर संसद्मा उपस्थित हुन आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने राजनीतिक दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे। उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिसँग निरन्तर संवाद र सहकार्य गर्नुपर्ने बताए।

‘तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसद्ले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद् नै तपाईंको विपक्षमा उभिन्छ,’ शर्माले भने।

प्रधानमन्त्री शाहलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दल र विश्वासको मत दिने संसद्बाट टाढिएर सरकार सञ्चालन गर्न नसकिने शर्माको भनाइ थियो। उनले प्रधानमन्त्रीले आफूलाई समर्थन गर्ने दलका कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरे।

‘जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसद्बाट टाढा भएर सरकार चलाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले संसद्सँग निरन्तर संवाद र सहकार्य गर्न म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु।’

प्रधानमन्त्री संसद् र राजनीतिक दलबाट टाढिँदै गएकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको शर्माले टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, गुप्तवासमा नबस्नुहोस्। तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसद्मा आउँदा सांसद र सिंगो संसद् तपाईंको साथमा हुन्छ,’ उनले भने।

शर्माले प्रधानमन्त्रीका पछिल्ला केही अभिव्यक्ति विवादास्पद रहेको भन्दै त्यसप्रति सभामुखको ध्यानाकर्षणसमेत गराए। उनले प्रधानमन्त्रीलाई आफ्ना गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न तथा विवादित भनाइहरू संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu