ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० अर्बभन्दा बढी बक्यौता नतिरे यूटीएलको लाइसेन्स खारेज हुने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : २५   बजे

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम समयमै भुक्तानी नगरे युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)को आधारभूत टेलिफोन सेवाको लाइसेन्स खारेज गर्ने तयारी गरेको छ । लाइसेन्स नवीकरणका लागि यूटीएलले दिएको निवेदनमाथि छलफल गर्दै प्राधिकरणले बक्यौता तथा नवीकरण दस्तुर भुक्तानी गर्न निर्देशन दिएको हो ।

यूटीएलका नेपाली साझेदार राजबहादुर सिंहले भने बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाउँदै लाइसेन्स खारेज नगर्न प्राधिकरणसँग आग्रह गरेका छन् । उनले अर्बौं रुपैयाँ बक्यौता तिर्ने भन्दै प्राधिकरणका अधिकारीलाई आश्वस्त पार्ने प्रयास गरे पनि हालसम्म त्यसको ठोस आधार वा यूटीएलको स्पष्ट व्यावसायिक योजना प्रस्तुत गर्न नसकेको स्रोतको भनाइ छ ।

यूटीएलको हालको लाइसेन्स आगामी भदौ १९ गते समाप्त हुँदैछ । कम्पनीले सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता ३० अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ । यसअघि नै प्राधिकरणको सञ्चालक समितिमा यूटीएलको लाइसेन्स खारेज गर्ने प्रस्ताव विचाराधीन थियो ।

तीन वर्षअघिदेखि नै खारेजीको प्रस्ताव

करिब तीन वर्षअघि नै यूटीएलको लाइसेन्स खारेज गर्ने प्रस्ताव प्राधिकरणको सञ्चालक समितिमा पुगेको थियो । तर, तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीले उक्त प्रस्ताव अघि नबढाएको बताइएको छ ।

यसबीच नवीकरण शुल्क नतिरेको भन्दै प्राधिकरणले २०८० मंसिरमै यूटीएलको इन्टरनेट सेवासम्बन्धी लाइसेन्स खारेज गरिसकेको छ ।

हालै प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएपछि यूटीएलबाट उठ्न बाँकी रकमको विस्तृत हिसाब गर्न लगाइएको थियो । ३० अर्ब रुपैयाँभन्दा बढी बक्यौतामध्ये करिब आठ अर्ब रुपैयाँ भने लाइसेन्स नवीकरण भए पनि नभए पनि सरकारलाई बुझाउनुपर्ने दायित्वअन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ ।

गत साता बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यूटीएलले नवीकरणका लागि दिएको निवेदनमाथि छलफल गर्दै यथाशीघ्र नवीकरण दस्तुर र बाँकी रकम भुक्तानी गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । यससम्बन्धी जानकारी प्राधिकरणले साउन २० गते नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई गराइसकेको छ ।

बक्यौता तिरे लाइसेन्स नवीकरण हुन सक्ने

प्राधिकरणका उच्च अधिकारीका अनुसार यूटीएलले कानुनबमोजिम बाँकी बक्यौता चुक्ता गरे लाइसेन्स नवीकरण गर्न सकिने अवस्था छ । तर, बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाइनेछ ।

“बक्यौता चुक्ता गरे लाइसेन्स नवीकरण गर्ने पक्षमा प्राधिकरण छ । बक्यौता जसरी भए पनि उठाउनुपर्छ, अहिले हाम्रो मुख्य प्राथमिकता यही हो,” एक उच्च अधिकारीले बताए ।

उनका अनुसार महालेखापरीक्षकको कार्यालयबाट समेत यूटीएलको बक्यौता असुल गर्न ताकेता भइरहेको अवस्थामा प्राधिकरणका लागि रकम असुली प्राथमिक विषय बनेको छ ।

“बक्यौता चुक्ता भएपछि मात्रै नवीकरणको विषयमा टुंगो लाग्नेछ । हालसम्म लाइसेन्सको मर्मअनुसार कम्पनीले सेवा प्रदान गरेको छैन । निर्धारित मितिमा बक्यौता भुक्तानी भएन भने प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउँछ,” ती अधिकारीले भने ।

यूटीएलले आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिए पनि अहिलेसम्म अपेक्षित रूपमा दूरसञ्चार सेवा सञ्चालन गर्न नसकेको प्राधिकरणको भनाइ छ । यस्तो अवस्थामा बक्यौता नतिरी लाइसेन्स मात्र नवीकरण गर्न दिनु औचित्यपूर्ण नहुने अधिकारीहरू बताउँछन् ।

किस्ताबन्दीमा तिर्ने सुविधा माग

प्राधिकरणका अनुसार यूटीएलका नेपाली साझेदार राजबहादुर सिंहले बक्यौता रकम किस्ताबन्दीमा भुक्तानी गर्न पाउने सुविधा माग गरेका छन् ।

“हामी हाम्रो बक्यौता चुक्ता गर्छौं, तपाईंहरूले लाइसेन्स नवीकरणका लागि आवश्यक सहजीकरण गरिदिनुपर्‍यो,” सिंहले प्राधिकरणका अधिकारीसँग भनेको स्रोतले जनाएको छ ।

यसअघि नेपाल टेलिकम र एनसेलले पनि लाइसेन्स नवीकरण दस्तुर भुक्तानी गर्दा किस्ताबन्दीको सुविधा प्रयोग गरेका थिए । तर, प्राधिकरणका अधिकारीहरूले आफूहरूसँग यूटीएललाई यस्तो सुविधा दिने अधिकार नरहेको बताएका छन् ।

अधिकारीहरूका अनुसार यूटीएलले पूरै बक्यौता चुक्ता गरेपछि मात्र लाइसेन्स नवीकरणको प्रक्रिया अघि बढाउन सकिनेछ ।

आगामी भदौ १९ गते सकिँदै लाइसेन्स

प्राधिकरणले यूटीएललाई २०७३ भदौ २० गते आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिएको थियो । दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमतिपत्रको अवधि बढीमा २५ वर्षसम्म हुन सक्ने भए पनि एकपटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र दिन मिल्दैन ।

सोही व्यवस्थाअनुसार यूटीएलले पहिलोपटक पाएको १० वर्षे लाइसेन्सको अवधि आगामी भदौ १९ गते समाप्त हुँदैछ ।

दूरसञ्चार नियमावली, २०५४ अनुसार अनुमतिपत्र नवीकरण गर्न चाहने कम्पनीले लाइसेन्सको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिनाअघि प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था छ । यूटीएलले सोही व्यवस्थाअनुसार नवीकरणका लागि आवेदन दिएको थियो ।

तर, नवीकरणको निवेदनमाथि छलफल गर्दै प्राधिकरण सञ्चालक समितिले कम्पनीलाई बाँकी बक्यौता तथा नवीकरण दस्तुर चुक्ता गर्न निर्देशन दिएको छ ।

यस्तो छ यूटीएलको स्वामित्व

यूटीएलमा भारत सरकारको स्वामित्व रहेका दुई कम्पनीको समेत महत्वपूर्ण लगानी छ ।

कम्पनीमा महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल)को २६.६८ प्रतिशत र टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (टीसीआईएल)को २६.६६ प्रतिशत स्वामित्व रहेको छ ।

त्यस्तै, टाटा कम्युनिकेसन्स लिमिटेडको २६.६६ प्रतिशत तथा स्थानीय साझेदार नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत स्वामित्व रहेको छ ।

नेपाल भेन्चर्समार्फत नेपाली साझेदारका रूपमा व्यापारी उपेन्द्र महतो, उनकी बहिनी जुली महतोलगायतको समेत लगानी रहेको छ । स्थानीय साझेदारमध्ये राजबहादुर सिंहले भने अहिले यूटीएलको लाइसेन्स जोगाउन प्राधिकरणसँग निरन्तर पहल गरिरहेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

BJP Spokesperson Criticizes Congress MP Over Concerns About Full ‘Vande Mataram’ Rendition

DR Congo Ebola Death Toll Surpasses 2,000 Amid Rapidly Escalating Outbreak

East Libyan Military Intelligence Chief Killed In Car Bombing

India’s Top Run-Scorers Ahead of Sri Lanka Test Tour

Madhya Pradesh Chief Minister Criticizes Rahul Gandhi Over Parliamentary Disruptions

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu