काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ५ बुँदे निर्देशन जारी गरेका छन्। दुई नेताबीच मंगलबार सो निर्देशन जारी गरिएको हो।
निर्देशनमा प्रदेश सरकार गठन गर्दा प्रदेशसभामा दलको सिट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय बाँडफाँट गर्दा प्रदेश सभा सदस्य संख्याको अनुपातमा हुनेछ। साथै, मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिने बताइएको छ।
निर्देशन अनुसार मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइनेछ। पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्नेछ, त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गरी सोही क्रमलाई दोहोर्याउँदै बाँडफाँट गरिनेछ। एमाले र नेकपाको सहकार्यले पर्याप्त संख्या नपुगे तेस्रो दललाई पनि सहभागी गराएर आपसी समझदारीमा मन्त्रालय बाँडफाँट गर्ने निर्देशनमा उल्लेख गरिएको छ।
बाँडफाँटको प्रक्रिया
निर्देशनमा प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा स्पष्ट मार्गदर्शन दिइएको छ। दलहरूको सिट संख्यालाई प्रमुख आधार मान्ने भन्दै, त्यसै अनुसार मन्त्रालयको बाँडफाँट गरिनेछ। यसले गर्दा शक्ति सन्तुलन कायम रहने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्