ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन ? संसद्लाई जानकारी दिन वर्षमान पुनको माग


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : २५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल रणनीतिक तथा सामरिक महत्त्वका खनिजसम्बन्धी अन्तर्राष्ट्रिय साझेदारीमा सहभागी भएको हो कि होइन भन्नेबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक–२०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले विशेषगरी रणनीतिक महत्त्वका खनिजको अन्वेषण तथा उत्खनन विदेशी कम्पनीलाई दिनेसम्बन्धी भनिएको **‘प्याक्स सिलिका’**मा नेपाल सहभागी भएको हो कि होइन भन्ने प्रश्न उठाएका हुन्।

विधेयकको मस्यौदामा सरकारले रणनीतिक तथा सामरिक महत्त्वका खनिज घोषणा गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको भन्दै उनले उक्त व्यवस्था संविधानको धारा २७९ को मर्मसँग मेल खानुपर्ने बताए।

पुनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको समयमा नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै सरकारले त्यसबारे संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने बताए। संविधानले राष्ट्रिय हितसँग जोडिएका रणनीतिक गठबन्धन तथा साझेदारीका विषयमा विशेष व्यवस्था गरेको उनको भनाइ थियो।

रणनीतिक खनिजमा दुईतिहाइ अनुमोदनको माग

पुनले विधेयकको दफा ७ मा रणनीतिक तथा सामरिक महत्त्वका खनिजको व्यवस्था गरिएको उल्लेख गर्दै त्यस्ता खनिजको अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता गर्दा संसद्को दुईतिहाइ अनुमोदन आवश्यक हुने व्यवस्था राख्नुपर्ने माग गरे।

उनले अहिले विश्वभर दुर्लभ माटोका खनिज अर्थात् ‘रेयर अर्थ’लाई लिएर ठूला शक्ति राष्ट्रबीच प्रतिस्पर्धा भइरहेको भन्दै नेपालमा पाइने सम्भावित रणनीतिक खनिजलाई सामान्य खानीका रूपमा व्यवहार गर्न नहुने बताए।

युरेनियम, दुर्लभ माटोका खनिजलगायत राष्ट्रिय सुरक्षा, ऊर्जा, प्रविधि र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग जोडिन सक्ने खनिजका विषयमा विशेष कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

मुस्ताङको युरेनियमबारे प्रश्न

पुनले मुस्ताङमा रहेको भनिएको युरेनियम अमेरिकी तथा अस्ट्रेलियाली कम्पनीलाई संयुक्त रूपमा अन्वेषण वा उत्खननका लागि दिन लागिएको भन्ने चर्चाबारे पनि सरकारको धारणा मागे।

‘प्याक्स सिलिका’अन्तर्गत मुस्ताङको युरेनियम उत्खननका लागि अमेरिकी र अस्ट्रेलियाली कम्पनीलाई संयुक्त लगानीमा दिने विषय नेपाली तथा भारतीय सञ्चारमाध्यममा आएको चर्चा उल्लेख गर्दै उनले त्यसबारे सरकारले संसद्लाई यथार्थ जानकारी दिनुपर्ने बताए।

संघ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गर्न माग

पूर्वअर्थमन्त्री पुनले खानी तथा खनिज पदार्थ विधेयकमा संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र पनि संविधानअनुकूल स्पष्ट गर्नुपर्ने बताए।

संविधानका विभिन्न अनुसूचीमा खानी तथा खनिजसम्बन्धी अधिकार तीनै तहका सरकारबीच बाँडिएको उल्लेख गर्दै उनले विधेयकमा अधिकार क्षेत्रसम्बन्धी कतिपय व्यवस्था नमिलेको देखिएको बताए।

त्यस्ता प्रावधानलाई दफावार छलफलका क्रममा सच्याउँदै विधेयकलाई संविधानको मर्मअनुकूल बनाउनुपर्ने उनको जोड थियो।

पुनले सरकारले नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो वा होइन भन्नेबारे संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने र रणनीतिक तथा सामरिक महत्त्वका खनिजसम्बन्धी नीति तथा सम्झौता संविधानअनुसार अघि बढाउनुपर्ने माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu