ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्षपछि लाभांश बाँड्ने अवस्थामा पुग्यो कुमारी बैंक, नाफा ३०६ प्रतिशत बढ्यो


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : २५   बजे

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३०६ प्रतिशतले बढी हो।

नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंक चार वर्षपछि सञ्चित नोक्सानीबाट बाहिरिँदै लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको जनाएको छ।

अघिल्लो आर्थिक वर्षसम्म बैंकको सञ्चित नोक्सानी ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ थियो। गत वर्षको नाफापछि उक्त सञ्चित नोक्सानी पूर्ति भएको छ। बैंकको वितरणयोग्य नाफा ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले चुक्ता पुँजीको करिब ३.०२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ।

नाफा बढ्नुका मुख्य कारण

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी, फि तथा कमिसन आम्दानी वृद्धि हुनुका साथै १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ प्रोभिजन राइटब्याक मुख्य कारण रहेको बताइएको छ।

प्रोभिजन राइटब्याकले बैंकको नाफा उल्लेख्य बढाउन सहयोग गरेको हो।

खराब कर्जा अझै चुनौती

नाफामा उल्लेख्य सुधार भए पनि बैंकको निष्क्रिय कर्जा (एनपीएल) ७.४६ प्रतिशत पुगेको छ। यसले बैंकमा खराब कर्जाको दबाब अझै उच्च रहेको देखाउँछ।

यद्यपि, सञ्चित नोक्सानी हटाउँदै वितरणयोग्य नाफा सिर्जना गर्न सक्नु बैंकका लागि सकारात्मक वित्तीय सुधारका रूपमा देखिएको छ।

लाभांश वितरणको बाटो खुल्यो

चार वर्षसम्म सञ्चित नोक्सानीका कारण लाभांश वितरण गर्न नसकेको कुमारी बैंक अब लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको हो। हालको वितरणयोग्य नाफाका आधारमा करिब ३.०२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बैंकले हासिल गरेको छ।

तर, वास्तविक लाभांश वितरण भने बैंकको सञ्चालक समितिको निर्णय, नियामकीय स्वीकृति तथा सम्बन्धित प्रक्रियापछि मात्रै निश्चित हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

सम्बन्धित

सिमेन्टमा जस्तै अन्य खनिजमा सफलता किन भएन ? सांसद अधिकारीको प्रश्न

४२ वर्षमा नबिल बैंक : १० लाख नाफाबाट ६ अर्ब ७६ करोडसम्मको यात्रा

होन्छी ईएचएस४ सार्वजनिक, ५९ लाख ९९ हजार रूपैयाँ मूल्य

प्राकृतिक स्रोतको प्रभावकारी उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी

धनुषा जिल्ला अदालतको गेटमा महिलाद्वारा आत्मदाह प्रयास

नाइमा मोबिलिटी एक्स्पोमा ह्यावल जोलायन म्याक्स ईभी सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu