ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४२ वर्षमा नबिल बैंक : १० लाख नाफाबाट ६ अर्ब ७६ करोडसम्मको यात्रा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ४५   बजे

काठमाडौं । वि.सं. २०४१ मा नेपाल अरब बैंकका रूपमा स्थापना भएको नबिल बैंकले ४२ वर्षको यात्रामा नेपाली बैंकिङ क्षेत्रमा प्रविधि र सेवाका नयाँ अभ्यास स्थापित गर्दै आएको छ। कम्प्युटराइज्ड बैंकिङ, क्रेडिट कार्ड, एटीएम, डेबिट कार्ड हुँदै डिजिटल बैंकिङसम्म नबिलले सुरुआती चरणमै नयाँ प्रविधि भित्र्याएको थियो।

बैंकको वित्तीय आकार पनि उल्लेख्य रूपमा विस्तार भएको छ। स्थापना वर्षमा २ करोड ८० लाख रुपैयाँ नेटवर्थ र १० लाख रुपैयाँ खुद नाफा रहेको बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेटवर्थ ७० अर्ब ८३ करोड र खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। निक्षेप १४ करोड ६० लाखबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड तथा कर्जा लगानी १३ करोड ३० लाखबाट ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

हाल बैंकका २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २ हजार ४६९ कर्मचारी छन्। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

उत्पादनशील क्षेत्रमा लगानी

नबिलले कृषि, ऊर्जा, एमएसएमई र पर्यटनलाई प्राथमिकतामा राखेको छ। कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, एमएसएमईमा ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी रहेको बैंकले जनाएको छ।

डिजिटल बैंकिङमा जोड

सन् २०२२ मा सार्वजनिक गरिएको एनबैंक एपमार्फत खाता खोल्ने, भिडियो केवाईसी, क्यूआर तथा बिल भुक्तानी, ऋण आवेदन, मुद्दती निक्षेप व्यवस्थापन, रेमिट्यान्स र कार्ड सेवाजस्ता सुविधा उपलब्ध छन्। एप १० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको बैंकले जनाएको छ।

बैंकका अनुसार ९० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ, जसमध्ये करिब ६० प्रतिशत एनबैंकमार्फत हुने गरेको छ। बैंकले कोर बैंकिङ, बिजनेस इन्टेलिजेन्स र स्वचालित ऋण प्रणालीलगायत प्रविधि प्रयोग गरी आन्तरिक प्रक्रियासमेत आधुनिकीकरण गरेको जनाएको छ।

एआईमा आधारित बैंकिङको लक्ष्य

नबिलले अब कृत्रिम बुद्धिमत्ता (एआई) लाई बैंकिङ सेवाको केन्द्रमा राख्ने रणनीति अघि सारेको छ। ग्राहकको व्यवहार विश्लेषण, व्यक्तिगत वित्तीय सुझाव, जोखिम व्यवस्थापन, धोखाधडी पहिचान र सेवा निजीकरणमा एआई प्रयोग गर्ने बैंकको योजना छ।

४२ वर्षको यात्रामा परम्परागत बैंकिङबाट डिजिटल र अब एआईमा आधारित सेवातर्फ अघि बढ्दै नबिलले आफूलाई भविष्यका लागि तयार बैंकका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग

संसद्मा कोरम नपुग्नु : नयाँ अनुहार, पुरानै गैरजिम्मेवारी

सम्बन्धित

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै

राष्ट्रियसभा बैठक सुरु, विभिन्न विधेयक कार्यसूचीमा

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुङ्गाका पाँच परिवार उच्च जोखिममा

बूढीगण्डकी फेरि अन्योलमा, ‘घरजग्गा फिर्ता लिने’ प्रभावितको चेतावनी

दोस्रो पर्वत जेसीज कपमा २७ टोली भिड्दै, विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu