काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार उनलाई निर्देशकमा नियुक्त गरेकी हुन्।
ग्यास्ट्रोसर्जन डा. नेपाललाई न्याम्सको सिफारिसपछि वीर अस्पतालको नेतृत्वको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै, मन्त्रालयका अनुसार वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता बिसी नियुक्त भएका छन्।
यसअघि वीर अस्पतालमा निर्देशक पद रिक्त रहेको थियो। नयाँ नेतृत्वसँगै अस्पतालको प्रशासनिक तथा सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्