ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं। जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

वैयक्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुना अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनलाई थुनुवा पोसाकमा अदालतमा उपस्थित गराइएको हो । श्रेष्ठलाई थुनामा अनुमतिका लागि इजलासमा बहस सुरु भएको छ ।

अदालतमा उपस्थित गराउनुअघि श्रेष्ठलाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । अदालतमा रहेका नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले थुना अनुमतिका लागि इजलासमा वहस चलिरहेको जानकारी दिए । ‘‘अहिले इजलासमा वहस चलिरहेको छ । केही समयमै एउटा आदेश आउने तयारी छ,’’ कोषाध्यक्ष अधिकारीले भने ।

प्रत्यक्षदर्शी अधिकारीका अनुसार सरकारी वकील कार्यालय लैजाँदा हत्कडी लगाएर लगिएको थियो । तर अदालत लैजाने बेला भने श्रेष्ठलाई थुनुवा पोसाकमा पेश गरिएको थियो ।

सरकारी वकिल र श्रेष्ठका कानुनव्यवसायीको वहस सकिएपछि थुना अनुमति दिने वा नदिने बिषयमा आदेश आउने छ । अहिले पत्रकार महासंघका पदाधिकारी, पत्रकार एवंम विभिन्न संघसंस्थाका व्यक्तिहरू अदालत पुगेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अस्पतालबाट डिस्चार्ज भए एमाले बाग्मती संसदीय दलका नेता थपलिया

देउवाको आह्वान– ‘कांग्रेसमा एकता र देशमा राष्ट्रिय सहमति आवश्यक छ’

सम्बन्धित

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu