ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनदेवीमा देउवाको कडा अभिव्यक्ति : ‘मलाई बदलाको भावना लिनु छैन’


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा पुगेर आफूविरुद्ध भइरहेका कानुनी तथा राजनीतिक गतिविधिबारे कडा रूपमा प्रस्तुत भएका छन् ।

लामो समय विदेशमा उपचार गरेर बिहीबार मध्याह्न स्वदेश फर्किएका देउवाले विमानस्थलमा दिएको अभिव्यक्तिभन्दा चुनदेवीमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दा थप आक्रामक अभिव्यक्ति दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेपछि नेता–कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनबाट आफू विचलित नहुने बताए ।

आफू र पत्नी आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमा मुद्दा तथा अनुसन्धान गरिएको दाबी गर्दै उनले आफूहरूलाई पक्राउ गर्नेसम्मको प्रयास भएको बताए ।

‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने ।

नेपालमा समेत आफूहरूविरुद्ध मुद्दा लगाइएको र सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएको उनको दाबी थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पटक–पटक आफूमाथि अनुसन्धान गरेको उल्लेख गर्दै देउवाले त्यसबाट आफू विचलित नभएको बताए ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो । दोस्रो पटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो । यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ उनले भने, ‘तर मलाई बदलाको भावना लिनु छैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको उल्लेख गर्दै देउवाले आफूविरुद्ध लाग्नेहरूले पनि केही गर्न नसक्ने बताए ।

‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?,’ उनले प्रश्न गरे ।

देउवाले देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले जवाफ दिने बताए ।

गणतन्त्रबारे बोल्दै उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना गरेको उल्लेख गरे ।

‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र । मैले मात्रै चाहेर ल्याएको हो ?,’ उनले भने, ‘संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ ।’

देउवाको अभिव्यक्तिले लामो समयपछि स्वदेश फर्किएलगत्तै कांग्रेसभित्रको आन्तरिक विवाद र आफूविरुद्ध भइरहेका गतिविधिप्रति उनको धारणा स्पष्ट भएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू, ब्याज अनुदान ३ प्रतिशतमा सीमित

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई थुनामा राख्ने अनुमतिका लागि अदालत पुर्याइयो

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu