काठमाडौं । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता (PSBK) अन्तर्गतको बीमा सुविधाबापत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
श्रीमती खुमा पौडेलका श्रीमान्को दुर्घटनामा निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षामा समेत योगदान पुर्याउँछ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गरिएको बैंकले जनाएको छ। यसले वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकको विश्वास छ।
२८५ शाखाबाट सेवा
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकका अनुसार हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।
बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै प्रत्येक नेपालीलाई सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। साथै, ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउन विभिन्न निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्