ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको स्वागत छाडेर सुदूरपश्चिमका कांग्रेस सांसद कैलाली फर्किए


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : ०५   बजे

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि काठमाडौंमा स्वागतका लागि देशभरबाट नेता–कार्यकर्ता पुगे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको उल्लेख्य उपस्थिति देखिएन ।

देउवाको स्वागतका लागि काठमाडौं पुगेका कांग्रेसका केही सांसद मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने वा राजीनामा दिने विषयमा निर्णय गर्नुपर्ने भएपछि कैलाली फर्किएका हुन् ।

कांग्रेस प्रमुख सचेतक सरस्वती खड्का, पूर्वमन्त्री मेघराज खड्का, बहादुर थापा र सांसद पदम शाही देउवाको स्वागतका लागि काठमाडौं पुगेका थिए । तर, मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेपछि उनीहरू बिहीबार बिहानै कैलाली फर्किएका हुन् ।

प्रमुख सचेतक खड्काले मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपछि आफूहरू काठमाडौंमा बस्न नसकेको बताइन् ।

‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने तयारी गरेपछि हामी काठमाडौंबाट फर्किएका हौँ । विश्वासको मत लिने भएपछि अनुपस्थित हुने कुरा हुँदैन,’ उनले भनिन् ।

आजै सकिँदैछ समयसीमा

नेकपा एमालेले साउन ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था छ ।

उक्त समयसीमा बिहीबार सकिँदैछ ।

यसअघि बुधबार मुख्यमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि विश्वासको मत लिने वा राजीनामा दिने विषयमा छलफल भएको थियो । काठमाडौंमा रहेका चार सांसद भने उक्त बैठकमा सहभागी भएका थिएनन् ।

२७ सांसदको समर्थन आवश्यक

मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेपछि बिहीबार दिउँसो ३ बजे पुनः कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ सांसद मुख्यमन्त्री शाहको पक्षमा रहे पनि तीमध्ये सांसद प्रकाश देउवा हाल अमेरिकामा छन् ।

सरकार जोगाउन कांग्रेसको समर्थनबाहेक थप १० सांसद आवश्यक पर्ने अवस्था छ । पर्याप्त समर्थन जुट्ने सुनिश्चितता नभएपछि कांग्रेसकै केही सांसदले मुख्यमन्त्री शाहलाई राजीनामा दिन सुझाव दिएको बताइएको छ ।

मुख्यमन्त्रीले भने विश्वासको मत लिने तयारी गरेपछि देउवाको स्वागतका लागि काठमाडौं पुगेका सांसदहरू कार्यक्रममै सहभागी नभई कैलाली फर्किएका हुन् ।

उनीहरू आवश्यक परे शुक्रबार बिहान पुनः काठमाडौं जाने तयारीमा रहेको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Japan’s Economic Growth Slows, Missing Forecasts

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

Renaissance Masterpieces Stolen in Italian Museum Heist

Hamas Reaffirms Disarmament Pledge to Trump Envoy Kushner

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu