ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : ४५   बजे

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ।

सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटाको मृत्यु भएको वडा अध्यक्ष मिठुन गौतमले जानकारी दिनुभयो।

वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा गरेर बौनियातर्फ जाँदै गर्दा आफ्नै लेनमा स्कुटर चलाइरहेकी सापकोटालाई ट्रकले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रक नवलपरासी (बर्दघाट) का २६ वर्षीय दिनेश गिरीले चलाइरहेका थिए।

दुर्घटनामा गम्भीर घाइते सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सुखडले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवार समेत बन्नुभएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबार उद्घाटन हुँदै

ड्रोन क्यामरामा कैद काठमाडौँको घना बस्ती

सम्बन्धित

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न कार्यदल गठन

सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीले आन्दोलन फिर्ता लिए

लगातार वर्षाले ९ सडकखण्ड अवरुद्ध, यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

भाटभटेनी भक्तपुर २४सै घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप तलब

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu