ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनाउनुपर्ने बताएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक सम्बन्धमा मात्र सीमित नभई आर्थिक र व्यावसायिक साझेदारीमा समेत विस्तार भइरहेको बताए।

कोरियामा रोजगारी गरेर फर्किएका हजारौँ नेपाली युवाले हासिल गरेको सीप, कार्यअनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि महत्वपूर्ण सम्पत्ति भएको उनको भनाइ थियो। कोरियाले केही दशकमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उनले बताए।

ढकालले कोरियाको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको प्रयोग, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई नेपालमा पनि लागू गर्नुपर्नेमा जोड दिए। रिटर्नी उद्यमीले विदेशमा सिकेको सीप र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा प्रयोग गर्न सके नेपालको औद्योगिक चरित्र परिवर्तन गर्न सकिने उनले बताए।

उनले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गरे। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर दिएको उनको भनाइ थियो।

लगानीमैत्री नीति र एकद्वार सेवाका लागि सरकारसँग निजी क्षेत्रले निरन्तर संवाद गरिरहेको बताउँदै ढकालले यस्तो पहललाई अझ तीव्र बनाउनुपर्ने बताए। देशभर छरिएको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि उनले दिए।

नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीलाई कम्पनीले लगानी साझेदार बन्न सक्ने र सानो पुँजी भएका व्यक्तिले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत लगानी गर्न सक्ने ढकालले बताए।

रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सरकार, निजी क्षेत्र र सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेको बताए।

रिटर्नी उद्यमीको सीप र लगानीले स्वदेशमै उत्पादन, रोजगारी र समृद्धिको नयाँ आधार निर्माण गर्ने विश्वास व्यक्त गर्दै ढकालले एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, कोरियाली दूतावासका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, रिटर्नी माइग्रेन्ट तथा विभिन्न क्षेत्रका उद्यमी–व्यवसायीको सहभागिता थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

भाटभटेनी भक्तपुर २४सै घण्टा खुल्ने, राति काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप तलब

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu