भक्तपुर । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर आजदेखि चौबीसै घण्टा खुल्ने भएको छ। अब स्टोरको ग्रोसरी खण्डबाट ग्राहकले रातिको समयमा समेत आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार ग्रोसरी खरिद गर्ने पहिलो तला सोमबारदेखि २४सै घण्टा सञ्चालनमा आउनेछ।
भक्तपुरपछि ललितपुरको पाटन र काठमाडौंको टंगालस्थित भाटभटेनी स्टोरलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको पौडेलले बताए।
रातभर ग्रोसरी सेवा सञ्चालन हुने भएपछि रातिको समयमा काम गर्ने कर्मचारीका लागि अतिरिक्त पारिश्रमिकको व्यवस्था गरिएको छ। उनीहरूले आफ्नो कुल तलबमा २५ प्रतिशत थप रकम पाउनेछन्।
स्टोर व्यवस्थापनले रातिको समयमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न अतिरिक्त सुविधा उपलब्ध गराएको जनाएको छ। २४ घण्टा सेवा सञ्चालनमा आएपछि राति आवश्यक सामग्री खरिद गर्नुपर्ने ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्