ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द सरकारी उद्योग पुनः सञ्चालन गरी निजी क्षेत्रलाई जिम्मा दिने सरकारको नीति : अर्थमन्त्री वाग्ले


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : २५   बजे

तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गरी परीक्षणपछि निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मा दिने सरकारको नीति रहेको बताउनुभएको छ।

जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को जिल्ला स्तरीय दुईदिने वार्षिक समीक्षा कार्यक्रमको बिहीबार उद्घाटन गर्दै उहाँले बन्द उद्योग सञ्चालनमार्फत रोजगारी वृद्धि, उत्पादन विस्तार र आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।

सरकारी स्वामित्वका बन्द उद्योग सुरुमा सरकारले नै परीक्षणका रूपमा सञ्चालन गर्ने र परीक्षण सफल भएपछि दीर्घकालीन व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो। विगतमा सरकारले आफैँ उद्योग सञ्चालन गर्दा घाटा व्यहोरेर बन्द गर्नुपरेको अनुभवबाट सिक्दै नयाँ ढङ्गले उद्योग सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ।

हेटौँडा कपडा उद्योगको परीक्षण सफल

अर्थमन्त्री वाग्लेले हेटौँडा कपडा उद्योगको परीक्षण सफल भइसकेको र उद्योगका तान सञ्चालनमा आइसकेको जानकारी दिनुभयो।

उद्योग सञ्चालनबाट रोजगारी सिर्जना, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। दीर्घकालीन र दिगो व्यवस्थापनका लागि उद्योगलाई नाफामुखी बनाएर निजी क्षेत्रलाई जिम्मा दिने सरकारको योजना रहेको उहाँको भनाइ छ।

स्वदेशी उत्पादन बढाएर आयातमा निर्भरता घटाउनु सरकारको प्रमुख उद्देश्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

बजेट निर्माणमा अर्थ मन्त्रालय मात्र नभई सरकारका अन्य नेतृत्व तहको समेत सहभागिता रहेको बताउँदै उहाँले सामूहिक छलफल र साझा दृष्टिकोणका आधारमा बजेट तयार गरिएको दाबी गर्नुभयो।

सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड

अर्थमन्त्री वाग्लेले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभयो।

अर्थ मन्त्रालयसहित सबै मन्त्रालयमा पारदर्शिता कायम गर्न विशेष जोड दिइएको उहाँले उल्लेख गर्नुभयो।

जिल्ला समन्वय समितिलाई खारेज नगरी थप अधिकार र जिम्मेवारी दिएर सशक्त बनाउने सरकारको नीति रहेको उहाँले बताउनुभयो। जिल्लास्तरमा सञ्चालन हुने साझा तथा प्रभावकारी कार्यक्रमका लागि समन्वय आवश्यक पर्ने भएकाले समितिको भूमिका थप प्रभावकारी बनाइने उहाँको भनाइ छ।

ठूला आयोजनाको लागत घटाउनुपर्ने

प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले राष्ट्रिय गौरवका आयोजना तथा अर्थतन्त्रसँग जोडिएका ठूला आयोजनाको लागत घटाउन आवश्यक रहेको बताउनुभयो।

विशेषगरी जलविद्युत् आयोजनामा मुआब्जाका लागि ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उहाँले कानुन संशोधन गरेर उपयोगविहीन सार्वजनिक जग्गामा एकीकृत बस्ती विकास गर्न सकिने धारणा राख्नुभयो।

यस्तो बस्ती विकास गर्दा आयोजनाको लागत घट्नुका साथै उपयोगविहीन सार्वजनिक जग्गाको सदुपयोग हुने र स्थानीयवासीले आधारभूत पूर्वाधारसहित व्यवस्थित बस्तीमा बस्न पाउने उहाँको भनाइ छ।

नेपाल जलस्रोतमा धनी भएकाले ऊर्जा तथा सिँचाइ क्षेत्रमा यसको अधिकतम उपयोग गर्नुपर्नेमा न्यौपानेले जोड दिनुभयो।

विकास निर्माणमा समन्वय आवश्यक

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरू हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ र जीतप्रकाश आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने तथा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलगायतले जिल्लाको विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश र सङ्घअन्तर्गतका कार्यालयबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

शुक्रबारसम्म सञ्चालन हुने कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ। स्थानीय तहले गरेका नमुना तथा उत्कृष्ट कामको आदानप्रदान, विकास निर्माणका साझा चुनौतीको सामूहिक समाधान तथा कमजोर कार्यक्रम सुधारका विषयमा छलफल भइरहेको छ।

समीक्षा कार्यक्रमले जिल्लामा भएका विकास निर्माण तथा सेवा प्रवाहको अवस्था पहिचान गर्न, उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गर्न तथा आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने जिल्ला समन्वय समितिका समन्वय अधिकारी शिवप्रसाद रिजालले बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

सम्बन्धित

समय रैनासहित पाँच हास्य कलाकारविरुद्धको मुद्दा खारेज

अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्छ : सीएनआई अध्यक्ष पाण्डे

बैंकिङ कसुरमा १४ लाख जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ

एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश

नालाको सांस्कृतिक तथा पर्यटकीय सम्भावना

चन्द्रपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu