काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय विदेशमन्त्री एस. जयशंकर, भारत सरकार तथा भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा मन्त्री खनालले नेपाल र भारतबीच ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क र बहुआयामिक साझेदारी रहेको उल्लेख गरेका छन्।
उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता तथा आपसी सहकार्य थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
सन्देशमा शताब्दीयौँदेखि कायम पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबीचको सम्बन्धलाई मजबुत बनाएको उल्लेख गर्दै साझा हितका क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्