ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केदार कार्कीको आरोप : ‘देउवालाई पक्राउ नगरेको भन्दै कांग्रेसकै नेता रोइरहेका छन्’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता केदार कार्कीले निवर्तमान सभापति शेरबहादुर देउवालाई पक्राउ नगरिएको भन्दै कांग्रेसकै केही नेताले विरोध गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कार्कीले पार्टीभित्रैबाट देउवाको पक्राउको माग गर्दै आलोचना गर्ने प्रवृत्ति देखिएको बताए।

देउवा स्वदेश फर्किँदा अन्य राजनीतिक दलले विरोध नगरे पनि कांग्रेसकै केही व्यक्तिले उनको विरोधमा ‘स्याल हुइयाँ’ गरेको कार्कीको आरोप थियो।

“हिजो एमालेले विरोध गरेन, माओवादीले विरोध गरेन, रास्वपाले गरेन,” कार्कीले भने, “तर कांग्रेसको चारतारे झन्डा ओढेको भनेर नक्कली व्यक्तिहरूले किन पक्राउ गरिएन भनेर स्याल हुइयाँ गरिरहेका छन्।”

कार्कीले देउवाले विगतमा व्यक्त गर्दै आएको लोकतन्त्रसम्बन्धी धारणा स्मरण गर्दै कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यताका लागि निरन्तर संघर्ष गर्न तयार रहेको बताए।

“ज्ञानेन्द्रले नसकेको प्रजातन्त्र खोस्न अरूले सक्दैन। हामी ढुक्क छौँ, अब हामी लडाइँ लड्नेछौँ,” उनले भने।

पुराना नेताको अपमान भएको आरोप

कार्कीले कांग्रेसमा लामो राजनीतिक संघर्ष गरेका पुराना नेताहरूलाई अहिले अपमान गर्ने प्रवृत्ति बढेको आरोप लगाए।

उनले पञ्चायतकालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेका नेता तथा कार्यकर्ताको योगदानलाई बिर्सेर पार्टी सञ्चालन गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

“नेताहरू पञ्चायतमा, राजाको पालामा जेल जानुभयो। आँखा फुट्दा कांग्रेस छाड्नुभएन। जेल जाँदा, छोराछोरी रुँदा, बाउ मर्दा कांग्रेस छाड्नुभएन,” उनले भने।

त्यस्ता नेताहरूको योगदानलाई अपमान गरेर पार्टी चलाउन खोज्ने प्रवृत्तिबाट कांग्रेसलाई जोगाउनुपर्ने उनको भनाइ थियो।

“ती नेताहरूलाई अपमान गरेर पार्टी चलाउँछु भन्ने अपराधीको मानसिकताबाट पार्टीलाई हामीले बचाउनु छ,” कार्कीले भने।

‘पार्टी कार्यालयमा अपरिपक्व नेतृत्व हाबी भयो’

कार्कीले कांग्रेसको केन्द्रीय कार्यालयमा अपरिपक्व तथा गैरकांग्रेसी प्रवृत्तिका व्यक्तिहरू हाबी भएको आरोपसमेत लगाए।

उनले पार्टीका गतिविधिलाई सामाजिक सञ्जाल र टिकटक केन्द्रित बनाइएको भन्दै आलोचना गरे।

“टिकटकको सुटिङ गरेर पार्टीलाई छियाछिया बनाएका छन्,” उनले भने, “गैरलोकतन्त्रवादी, गैरकांग्रेस, केही कम्युनिस्टका बुद्धिव्यवसायीलाई राखेर कांग्रेसका नेता र अग्रजलाई गाली गर्ने तालिम लिइरहेका छन्।”

आफ्ना कार्यकर्ता, नेता र समर्थकको योगदानबाट निर्माण भएको पार्टी कार्यालयमा गैरकांग्रेसी व्यक्तिहरूको प्रभाव स्वीकार्य नहुने उनले बताए।

“हाम्रो क्रियाशील, रगत र पसिनाले बनेको पार्टी कार्यालयमा गैरकांग्रेसलाई रजगज गर्ने अधिकार छैन,” कार्कीले भने।

कार्कीको अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व, पुस्तान्तरण र पार्टीको वैचारिक दिशाबारे तीव्र विवाद भइरहेका बेला आएको हो। उनले पुराना नेताको योगदानको सम्मान, पार्टीभित्रको लोकतान्त्रिक संस्कार र संगठनमाथि कार्यकर्ताको स्वामित्व कायम गर्नुपर्ने सन्देश दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rolpa Landslides Prompt Calls for Government Aid

Nepal Minister Urges Focus on Expanding Telecommunication Access and Quality

Nepal Forms Committee to Implement Agreement with ‘Gen Z’ Movement Families

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu