ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको भूमिकाप्रति बारको आपत्ति


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन तथा मुद्दा तोक्ने प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया पालना हुनुपर्ने भन्दै प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी ढंगले इजलास गठन गरेको आरोप लगाए।

शुक्रबार नेपाल बार एसोसिएसनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताको आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्ने बारको आधिकारिक धारणा रहेको बताए। तर निश्चित मुद्दालाई टिप्पणी उठाएर संवैधानिक इजलासमा पठाउने अभ्यास सुरु भएको समाचार सार्वजनिक भएको भन्दै उनले त्यसप्रति असन्तुष्टि जनाए।

“संवैधानिक इजलास कि त वरिष्ठताको आधारमा, कि त गोलाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो,” मिश्रले भने, “प्रधानन्यायाधीशले निश्चित मुद्दाहरू पनि टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्‍याउने काम प्रारम्भ गर्नुभएको कुरा समाचारमा आएको छ।”

उनले न्यायपालिकाको नेतृत्व चयनदेखि संवैधानिक इजलास गठनसम्मका प्रक्रियामा प्रश्न उठ्न थालेको भन्दै बार अब मौन नबस्ने चेतावनी दिए।

“वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने, अनि प्रधानन्यायाधीशले आफूखुसी संवैधानिक इजलास गठन गर्ने र संवैधानिक इजलासमा समेत निश्चित मुद्दाहरू राख्ने भएपछि अब बार चुप लागेर बस्दैन,” उनले भने।

मिश्रका अनुसार संवैधानिक इजलासमा कुन मुद्दा लैजाने र कुन न्यायाधीश संलग्न हुने भन्ने विषयमा स्पष्ट, पूर्वनिर्धारित र पारदर्शी प्रक्रिया आवश्यक हुन्छ। यस्तो प्रक्रियामा प्रश्न उठे न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि नै असर पर्न सक्ने उनको भनाइ छ।

उनले यस विषयमा प्रधानन्यायाधीश शर्माको ध्यानाकर्षणसमेत गराइसकेको जानकारी दिए।

न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न

बार अध्यक्ष मिश्रले पछिल्लो समय न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले न्यायपालिका कार्यपालिकाबाट स्वतन्त्र हुनुपर्ने र सरकारका निर्णय तथा कामकारबाहीलाई कानुनको दायरामा परीक्षण गर्न सक्ने सक्षम न्यायपालिका आवश्यक रहेको बताए।

“हामी स्वतन्त्र, स्वच्छ र सरकारभन्दा पृथक न्यायपालिका चाहन्छौँ। सरकारका कामलाई नियन्त्रण गर्न सक्ने र कानुनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको चाहना हो,” उनले भने।

मिश्रले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको दाबीसमेत गरे। न्यायपालिकाले आफ्नो संवैधानिक भूमिका स्वतन्त्र रूपमा निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भए त्यसको प्रत्यक्ष असर विधिको शासन र नागरिकको न्यायिक अधिकारमा पर्ने उनको भनाइ थियो।

उनले न्यायपालिकाको स्वतन्त्रता केवल न्यायाधीशको स्वतन्त्रतासँग मात्र सम्बन्धित नभई इजलास गठन, मुद्दा तोक्ने प्रक्रिया, न्यायिक निर्णय र प्रशासनिक संरचनासमेत पारदर्शी र निष्पक्ष हुनुपर्ने बताए।

बार र न्यायपालिकाबीच संवैधानिक इजलास गठन तथा न्यायिक प्रशासनका विषयमा यसअघि पनि मतभेद देखिँदै आएको छ। पछिल्लो अभिव्यक्तिले भने संवैधानिक इजलासमा मुद्दा पठाउने प्रक्रियामै बारले औपचारिक प्रश्न उठाएको देखिएको छ।

अब बारले उठाएको प्रश्नमा सर्वोच्च अदालतको नेतृत्वले कस्तो जवाफ दिन्छ र संवैधानिक इजलास गठन तथा मुद्दा तोक्ने प्रक्रियामा थप पारदर्शिता अपनाइन्छ कि अपनाइँदैन भन्ने विषय न्यायिक वृत्तमा चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rolpa Landslides Prompt Calls for Government Aid

Nepal Minister Urges Focus on Expanding Telecommunication Access and Quality

Nepal Forms Committee to Implement Agreement with ‘Gen Z’ Movement Families

रोल्पा पहिरोपीडितको निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न नेकपाको माग

कांग्रेसलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलामा सहभागी भएका हौँ : गोमा भट्टराई

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज काठमाडौँको सुकेधारामा सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu