ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिरोले ८ घरमा क्षति, ४० घर उच्च जोखिममा


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

बागलुङ  । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थानको धाराटोलमा शुक्रबार खसेको पहिरोले ८ घरमा क्षति पुर्‍याएको छ। लगातारको वर्षाका कारण बस्तीमाथिको सडकबाट पहिरो खस्दा स्थानीय त्रसित बनेका छन्।

निसीखोला–२ का वडाध्यक्ष कुविर विश्वकर्माका अनुसार उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला जोड्ने सडकबाट खसेको पहिरोले धाराटोलका धनबहादुर खत्री, राजन परियार, दीपक परियार, ज्ञानबहादुर परियार, हरिकला घर्ती, तारा घर्ती, देविराम घर्ती र टिका घर्तीका घर, गोठ तथा शौचालयमा क्षति पुगेको हो।

पहिरो खस्ने क्रममा मानवीय क्षति भने नभएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए। उनका अनुसार कतिपय घरमा प्रत्यक्ष क्षति पुगेको छ भने केही घर तथा गोठ र शौचालय भत्किएका छन्।

पहिरोका कारण केही घर बस्नै नमिल्ने गरी चर्किएपछि प्रभावित परिवार आफन्तको घरमा आश्रय लिन पुगेका छन्।

बस्तीमाथिबाट पहिरो खस्ने क्रम अझै नरोकिएकाले स्थानीयवासी थप जोखिममा परेका छन्। नयाँ सडकको ट्र्याकबाट खसेको पहिरोमा ठूला–ठूला ढुंगा रहेकाले वर्षा हुँदा पहिरो थप फैलिन सक्ने र बस्तीमै ठूलो क्षति पुग्न सक्ने जोखिम रहेको वडाध्यक्ष विश्वकर्माले बताए।

“तत्काल ढुंगा फोडेर पन्छाउन नसके पहिरोले धाराटोलवासीको उठिबास नै गराउने अवस्था छ,” उनले भने, “पहिरो पन्छाउन सम्बन्धित निकायले समयमै चासो दिनुपर्छ।”

पहिरोबाट भएको क्षतिको निरीक्षण तथा तथ्यांक संकलनका लागि प्रहरी चौकी जुग्जाखोलाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्षले जानकारी दिए। प्रहरीको स्थलगत अध्ययनपछि मात्रै भौतिक क्षतिको यकिन विवरण सार्वजनिक हुने उनले बताए।

पहिरोले धाराटोलसँगै तल्लो क्षेत्रका अन्य बस्तीलाई समेत जोखिममा पारेको छ। उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला जोड्न खोलिएको नयाँ सडकबाट खसेको पहिरोका कारण तल्लो बस्तीका करिब ४० घर उच्च जोखिममा परेको वडाध्यक्ष विश्वकर्माले बताए।

लगातार वर्षा भइरहेका कारण पहिरो थप खस्न सक्ने जोखिम रहेकाले जोखिममा रहेका परिवारलाई सतर्क रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्नवडाले आग्रह गरेको छ।

स्थानीयले पहिरो तत्काल नियन्त्रण गर्न, ठूला ढुंगा तथा माटो हटाउन र जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतमा अन्तिम किनारा लागे पनि पूर्ण फैसला लेख्ने कार्यमा केही समययता धिमा गति

सांसदलाई मर्यादित भाषा प्रयोग गर्न कानुन समिति सभापति बास्कोटाको निर्देशन

सम्बन्धित

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने

सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढ्यो, २ अर्ब ११ करोड पुग्यो

स्वदेशमै रोजगारी सिर्जना गर्न नीतिगत तथा संरचनागत सुधार अघि बढाएका छौँ : मन्त्री यादव

मुस्ताङमा जलवायु सम्मेलन हुँदै, ७५३ स्थानीय तहलाई सहभागिताका लागि निमन्त्रणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu