ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : ३५   बजे

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ वटा स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ साल माघ र फागुनमा प्रदान गरिएको सेवाबापत उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गरिएको हो।

भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी अस्पताल तथा शिक्षण अस्पतालसमेत रहेका छन्।

भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालहरूलाई समेत समेटिएको जनाइएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेश गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको बताइएको छ।

स्वास्थ्य संस्थालाई समयमा भुक्तानी हुँदा बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धवलशम्शेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता

गगन थापालाई सभापति भन्न मन लागेन : कृष्णप्रसाद सिटौला

सम्बन्धित

रोल्पाको सुनछहरी पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, सबै बेपत्ताको अवस्था खुल्यो

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई साढे ३ अर्ब भुक्तानी

यूएईको १२ वर्षे अनुभवबाट पोखरामा अरबिक स्वाद

खोलाले बगाएर बेपत्ता युवक मृत अवस्थामा फेला

पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने

सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu