ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा बीपीको सिद्धान्तबाट विचलित भएको उमाकान्त चौधरीको आरोप


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ६ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टी सभापति गगनकुमार थापा बीपी कोइरालाको सिद्धान्त र विचारबाट विचलित हुँदै गएको आरोप लगाएका छन्।

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वसहमहामन्त्रीसमेत रहेका चौधरीले थापाले ‘सामाजिक लोकतन्त्र’को अवधारणा अघि सार्नु नै कांग्रेसको मूल विचारबाट विचलन भएको दाबी गरे।

उनले भने, “महामानव बीपीको आदर्श, सिद्धान्त र विचारबाट गगन थापा विचलित हुँदै गएको देखियो।”

चौधरीका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको मूल आदर्श भएको भन्दै त्यसबाट बाहिर गएर सामाजिक लोकतन्त्रको कुरा गर्नु उपयुक्त नभएको उनको तर्क छ।

उनले भने, “बीपी कोइरालाका राष्ट्रियता, लोकतन्त्र र समाजवादबाट विचलित भएर सामाजिक लोकतन्त्र भन्न थाल्नुभएको छ, यो भन्नु नै उहाँ विचलित हुनु हो।”

चौधरीले नयाँ पुस्तालाई कांग्रेसको आदर्शबारे भ्रम सिर्जना गर्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो विचार कांग्रेसले स्वीकार गर्न नसक्ने बताए।

सर्वोच्चबाट न्याय पाउने दाबी

पार्टीभित्रको विवादसँग सम्बन्धित विषयमा आफूहरूले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वाससमेत चौधरीले व्यक्त गरे। उनले पार्टीको विचार, सिद्धान्त र विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन’ : पूर्वमुख्यसचिव बैरागी

काठमाडौंमा २४ घण्टा ग्यास बिक्रीको तयारी

Israeli Forces Block Aid to Palestinian Families Besieged by Settlers

Netanyahu Calls UK ‘Islamic Republic of Britain,’ Escalating Tensions

Russia Reports Strikes on Ukrainian Danube Port of Izmail

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu