कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी १० वर्षीया बालिका सञ्जु विष्टको सुनबरा नदीमा डुबेर मृत्यु भएको छ।
आज बिहान नदीमा डुबेर मृत्यु भएकी बालिकाको शव प्रहरीले परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार शव परीक्षणपछि परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्