काठमाडौं । नेपाली कथा साहित्यको पुनर्जागरणका लागि समर्पित सर्जकहरूको समूहले साउन महिनाको कथावाचन कार्यक्रम सम्पन्न गरेको छ । ‘कथा अभियान’ २०८० सालको साउनदेखि निरन्तर सञ्चालन हुँदै आएको छ ।
शुक्रबार साउन २९ गते काठमाडौंमा आयोजित कार्यक्रममा दिवंगत कथाकार श्यामदास वैष्णवको कथा ‘बौलाहा’ वाचन गरिएको थियो । सन् २००७ सालमा ‘शारदा’ मासिकमा प्रकाशित उक्त कथा डा. समिना खनाल पृथाले वाचन गरेकी थिइन् ।
त्यसपछि कथाकार डा. बेन्जु शर्माले ‘यहाँ किन आएको ?’ तथा हरि अधिकारीले ‘दुःस्वप्न’ कथा वाचन गरेका थिए । कार्यक्रममा वाचन गरिएका कथामाथि परिचर्चासमेत गरिएको थियो ।
नेपाली कथाको इतिहास अध्ययनमा जोड
अभियानका परिकल्पनाकार कथाकार तथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले नेपाली कथाको विकासक्रम र इतिहासबारे गहन अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।
उनका अनुसार स्थापित कथाकारसँगै भर्खर कथा प्रकाशन गर्न थालेका नयाँ पुस्ताका प्रतिभाशाली सर्जकलाई समेत कथावाचनको अवसर दिइँदै आएको छ ।
अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले तीन वर्षको अवधिमा ‘कथा अभियान’ले नेपाली कथा साहित्यको पुनर्जागरणमा उल्लेख्य विश्वास आर्जन गरेको बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्