ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२८ वर्षदेखि बन्द महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

कञ्चनपुर । करिब २८ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्दै विमानस्थल सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।

विमानस्थल सञ्चालनमा आए पश्चिम नेपालका साथै भारतीय पर्यटकको आवागमन बढ्ने र यस क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने स्थानीयको अपेक्षा छ ।

कञ्चनपुर–३ का सांसद ज्ञानेन्द्रसिंह महराको पहल तथा सभामुख डोलप्रसाद अर्यालको समन्वयमा असार २५ गते विमानस्थल सञ्चालनका विषयमा सर्वपक्षीय छलफल भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र क्यानका महानिर्देशक मुकेश डंगोललगायत अधिकारीले साउन ५ र ६ गते महेन्द्रनगर तथा टीकापुर विमानस्थलको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनपछि महेन्द्रनगर विमानस्थल सञ्चालनको काम अघि बढाउने र टीकापुर विमानस्थललाई तत्काल ‘होल्ड’मा राख्ने निष्कर्ष निकालिएको छ ।

धावनमार्ग विस्तार अन्तिम चरणमा

क्यानका उपमहानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि आवश्यक काम अघि बढिसकेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर धावनमार्ग, टर्मिनल भवन, तारबारलगायत संरचनाको काम अघि बढाइनेछ ।

विमानस्थलको धावनमार्ग यसअघि करिब एक हजार मिटर लामो थियो । एटीआर विमान सञ्चालन गर्न सक्ने गरी विस्तार थालिएको धावनमार्गको लम्बाइ १ हजार ५२५ मिटर पुर्‍याउने योजना छ । हालसम्म करिब १ हजार ४५० मिटर निर्माण भइसकेको र बाँकी ७५ मिटरको काम जारी रहेको छ ।

धावनमार्गको एक तह कालोपत्रे भइसकेको छ भने टर्मिनल भवन मर्मत, विमानस्थल वरिपरि तारबार र अन्य सुधारका काम बाँकी छन् । धावनमार्ग विस्तार सम्पन्न भएपछि ७२ सिटसम्म यात्रु बोक्ने एटीआर विमान सञ्चालन गर्न सकिने क्यानले जनाएको छ ।

२०५५ देखि बन्द

महेन्द्रनगर विमानस्थल २०५५ सालसम्म सञ्चालनमा थियो । सशस्त्र द्वन्द्वपछि बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि पटक–पटक प्रयास भए पनि सफल हुन सकेको थिएन ।

२०७७ सालमा संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल सञ्चालन गर्ने योजना बनेको थियो । त्यसअनुसार क्यानले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।

प्रसारणलाइन र रुख हटाउनुपर्ने

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा नयाँ जग्गा अधिग्रहणको समस्या छैन । तर, विमानस्थलको जग्गाबाट गएको नेपाल विद्युत् प्राधिकरणको थ्री–फेज प्रसारणलाइन हटाउनुपर्नेछ ।

त्यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमामा रहेको विमानस्थल क्षेत्रमा नेपाली सेनाले प्रयोग गर्दै आएको खेल मैदान हटाउनुपर्ने र वरपरका केही रुख व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ ।

दिल्ली–काठमाडौं उडानको सम्भावना

महेन्द्रनगर विमानस्थल सञ्चालनमा आए कञ्चनपुर तथा आसपासका नागरिकलाई धनगढी विमानस्थलसम्म पुग्नुपर्ने बाध्यता हट्नेछ । अहिले महेन्द्रनगरबाट धनगढी विमानस्थल पुग्न करिब ६३ किलोमिटर सडक यात्रा गर्नुपर्ने अवस्था छ ।

विमानस्थल सञ्चालनपछि भारतको दिल्लीसँग समेत हवाई सम्पर्क विस्तार गर्न सकिने सम्भावना रहेको क्यानका अधिकारीहरूको भनाइ छ । क्यानका उपमहानिर्देशक ठाकुरले महेन्द्रनगर विमानस्थल व्यावसायिक रूपमा सम्भाव्य रहेको बताएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

निधि र महतबीच मतभेद: कांग्रेस सम्मेलनमा प्रस्ताव संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै

निधि र महतबीच मतभेद: कांग्रेस सम्मेलनमा प्रस्ताव संशोधन

अस्ट्रेलियाँ सरकारले भिसा प्रणाली कडाइ गर्ने, अवैध बसोबास गरिरहेकाहरूलाई कारबाहीको तयारी

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu