ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाट्टालाई नयाँ सोच र संस्थागत सुधारको बाटोमा अघि बढाउँछु : अध्यक्ष पाण्डे


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेले संस्थालाई नयाँ सोच, कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने बताएका छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा १८८ मत प्राप्त गरी निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले नेतृत्व पाउनु आफ्नो लागि ठूलो परीक्षा र अवसर दुवै भएको बताए ।

‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ । मेरो लागि यो सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो अवसर पनि आएको छ,’ उनले भने ।

पाण्डेका अनुसार यसपटकको निर्वाचन अभियान विगतका निर्वाचनभन्दा फरक रह्यो । ठूलो भोजभतेर, अनावश्यक भीडभाड र शक्ति प्रदर्शनभन्दा साथीभाइसँगको छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेन्डा मतदातासमक्ष पुर्‍याइएको उनले बताए ।

आफूले मतदातालाई एजेन्डा सुनाउनुका साथै उनीहरूका समस्या, अपेक्षा र सुझावसमेत सुनेको पाण्डेको भनाइ छ । नेतृत्व भनेको भाषण गर्ने मात्र नभई सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारीसमेत भएको उनले बताए ।

संस्थागत सुधार प्राथमिकतामा

पाण्डेले नाट्टाभित्र देखिएका कमजोरी सुधारसँगै समस्या आउन नदिन पूर्वसावधानी अपनाउने कार्यशैली आवश्यक रहेको बताए ।

‘बिग्रिएपछि सुधार्नेभन्दा बिग्रिन नदिन सचेत हुने सोच आवश्यक छ,’ उनले भने ।

उनका अनुसार नाट्टा केवल निर्वाचनबाट आउने–जाने नेतृत्वको संस्था नभई पर्यटन तथा ट्राभल व्यवसायीको साझा आवाज र व्यावसायिक हितको प्रतिनिधि संस्था हो ।

‘नाट्टा नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्त्वपूर्ण संस्था हो । यसको गरिमा, प्रभाव र ऐतिहासिक महत्त्वलाई अझ उचाइमा पुर्‍याउनुपर्छ,’ उनले भने ।

निर्वाचन सकिएसँगै प्रतिस्पर्धाको अध्याय समाप्त भएको र अब कामको अध्याय सुरु भएको पाण्डेले बताए ।

‘निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ उनले भने ।

एकता र व्यवसायीका समस्या समाधान चुनौती

नवनिर्वाचित अध्यक्ष पाण्डेका लागि संस्थाभित्रको एकता बलियो बनाउनु, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्नु तथा नाट्टाको संस्थागत क्षमता वृद्धि गर्नु मुख्य चुनौती देखिएको छ ।

निर्वाचनका क्रममा व्यवसायीबाट प्राप्त सुझावलाई निर्णय प्रक्रियाको आधार बनाउँदै नाट्टालाई आगामी पुस्ताले समेत गर्वका साथ सम्झने संस्था बनाउने पाण्डेले प्रतिबद्धता जनाएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

निधि र महतबीच मतभेद: कांग्रेस सम्मेलनमा प्रस्ताव संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै

निधि र महतबीच मतभेद: कांग्रेस सम्मेलनमा प्रस्ताव संशोधन

अस्ट्रेलियाँ सरकारले भिसा प्रणाली कडाइ गर्ने, अवैध बसोबास गरिरहेकाहरूलाई कारबाहीको तयारी

देउवाको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिको राप्रपा सचेतक ओलीद्वारा स्वागत

विश्वविद्यालयबाट निस्कँदैमा उद्योगमा आवश्यक सबै सीपयुक्त जनशक्ति तयार हुँदैन : देवकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu