ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलामा सुरु भयो झुलनोत्सव, मठमन्दिरमा गुञ्जिन थाले झुलागीत


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

महोत्तरी । साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा झुलनोत्सव पर्व सुरु भएको छ । शनिबारदेखि महोत्तरीसहित मिथिलाका विभिन्न मठमन्दिरमा विष्णु–लक्ष्मी भक्तिका झुलागीत गुञ्जिन थालेका छन् ।

‘सखी हे, झुला पडल फूलबगियाक डार,
सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’

रामसीता तथा राधाकृष्णका प्रतिमालाई कलात्मक झुलनामा राखेर भक्तिगीत गाउँदै झुलाउने यो पर्व साउन पूर्णिमासम्म मनाइन्छ । मिथिलाको विशिष्ट सांस्कृतिक तथा धार्मिक उत्सवका रूपमा रहेको झुलनोत्सवमा भक्ति, सांस्कृतिक परम्परा र मनोरञ्जनको संयोजन देखिन्छ ।

मठमन्दिरमा बढ्यो रौनक

पर्व सुरु भएसँगै महोत्तरीका रामजानकी, लक्ष्मीनारायण तथा राधाकृष्ण मन्दिर र वैष्णव मठमा श्रद्धालुको चहलपहल बढेको छ ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार बालरूप भगवान् र भगवतीलाई झुलनामा झुलाउने परम्पराको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।

पर्वमा विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई विशेष झुलामा राखेर श्रद्धालुले डोरी तान्दै झुलाउने गर्छन् । यस क्रममा झुला, मलार र कजरीलगायत मैथिली लोकलयका गीत गाउने परम्परा छ ।

मटिहानीमा विशेष तयारी

पर्वको पहिलो दिन मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्‍याइएको थियो ।

मटिहानीमा जिल्लाका साथै सीमावर्ती भारतका विभिन्न मठमन्दिरबाट समेत प्रतिमा झुलाउन ल्याइएको छ । पर्वभरि साधुसन्त तथा श्रद्धालु झुलाघरमा भेला भएर भजनकीर्तन र भक्तिमा रमाउने गर्छन् ।

महोत्तरीको मटिहानीका साथै जनकपुरस्थित जानकी मन्दिर, जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायत स्थानमा पनि झुलामहोत्सव विशेष रूपमा मनाइन्छ ।

जनकपुरसँग जोडिएको इतिहास

मिथिलामा झुलनोत्सव अयोध्या र वृन्दावनको परम्पराबाट प्रभावित हुँदै सुरु भएको विश्वास गरिन्छ । जनकपुर सीताको माइती भएकाले मैथिल परम्परामा यो पर्वको विशेष महत्त्व रहेको मानिन्छ ।

जनकपुरमा साउन शुक्ल तृतीयाका दिन मणिपर्वतको पूजा गरेर झुला पर्व सुरु गर्ने परम्परा छ । मणिपर्वत जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको छ ।

मिथिलामा यो पर्वको सुरुआत विसं १७८७ तिर सन्त सुरकिशोर दासले गराएको विश्वास गरिन्छ ।

साउन पूर्णिमाका दिन झुलनामा राखिएका विष्णु–लक्ष्मीका प्रतिमाको झुलाको डोरी चुडाएर पर्व समापन गर्ने परम्परा रहेको छ । मैथिली पञ्चाङ्गअनुसार साउनदेखि वर्षभरिका प्रमुख चाडपर्वको क्रम सुरु हुने भएकाले झुलनोत्सवलाई मिथिलाको सांस्कृतिक जीवनमा विशेष महत्त्व दिइन्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu