ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ जान ५–१० वर्ष लाग्छ : सौरभ ज्योती


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा अटोमोबाइल उद्योगलाई आगामी ५ देखि १० वर्षभित्र ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्।

नाइमा मोबिलिटी एक्स्पो २०२६ अन्तर्गत आयोजित ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, शिप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा बोल्दै ज्योतीले नेपालमा एसेम्ब्ली उद्योग विस्तार भइसकेकाले अब पार्टपुर्जा र कम्पोनेन्टको स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए।

उनका अनुसार औद्योगिकीकरणको प्रारम्भिक चरणमा विदेशबाट पार्टपुर्जा आयात गरी नेपालमै सवारीसाधन एसेम्बल गर्नु स्वाभाविक भए पनि क्रमशः उत्पादनका सामग्री स्थानीयकरण गर्दै लैजानुपर्ने हुन्छ। “अटोमोबाइल क्षेत्रमा पहिलो स्टेप ‘मेक इन नेपाल’ हो। यो औद्योगिकीकरणको पहिलो चरण हो,” उनले भने, “५–१० वर्षमा हामी ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान सक्छौँ र धेरै पार्ट कम्पोनेन्ट तथा डोमेस्टिक मटेरियल कन्टेन्टतिर ध्यान दिन सक्छौँ।”

स्थानीय उत्पादनमा जोड

नेपालमा पछिल्लो समय एक दर्जनभन्दा बढी एसेम्ब्ली उद्योग स्थापना भइसकेको उल्लेख गर्दै ज्योतीले एसेम्ब्ली उद्योगबाट मात्रै औद्योगिकीकरण पूरा नहुने बताए। आवश्यक पार्टपुर्जा र कम्पोनेन्टको स्वदेशमै उत्पादन बढाउन सके मात्र मूल्य शृंखला बलियो बन्ने उनको भनाइ छ।

यसका लागि सरकारले स्पष्ट समयसीमा निर्धारण गरी औद्योगिक नीतिको निरन्तरता दिनुपर्ने उनले बताए। अटोमोबाइल क्षेत्रले अर्थतन्त्र र सरकारी राजस्वमा समेत महत्वपूर्ण योगदान गरिरहेको ज्योतीको दाबी छ।

विद्युतीय सवारी र इथानोल

ज्योतीले विद्युतीय तथा स्वच्छ ऊर्जामा आधारित सवारीसाधनको प्रयोग बढाउने सरकारी नीतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। पेट्रोलमा इथानोल मिसाउने नीतिले आयातित इन्धनमा निर्भरता घटाउन र प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

रोजगारी र सीप विकास

अटोमोबाइल उद्योगको विस्तारले रोजगारी सिर्जनासँगै प्राविधिक सीप विकासमा समेत योगदान गरिरहेको ज्योतीले बताए। नेपालका एसेम्ब्ली उद्योगमा व्यवस्थापन, उत्पादनदेखि गुणस्तर परीक्षणसम्मका क्षेत्रमा नेपाली जनशक्तिले जिम्मेवारी सम्हालिरहेको उनले उल्लेख गरे।

उनले शैक्षिक संस्था र निजी क्षेत्रबीचको समन्वय कमजोर हुँदा उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताए। उद्योगको आवश्यकता र बजारको मागअनुसार शैक्षिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने उनको धारणा छ।

“हाम्रो एकेडेमिया र प्राइभेट सेक्टरबीच ठूलो ग्याप छ। थियोरेटिकल नलेज त छ, तर वास्तविक उद्योगलाई चाहिने स्किल सेटमा ठूलो ग्याप छ,” ज्योतीले भने।

उनका अनुसार निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको अवस्थामा उद्यमीलाई सम्मान तथा लगानीको सुरक्षा सुनिश्चित गर्न सके आगामी दशकमा नेपालको अर्थतन्त्रले उल्लेख्य फड्को मार्न सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

स्वास्थ्य मन्त्री मेहताद्वारा सप्तरीमा प्रतिष्ठानको जग्गा र अस्पताल निरीक्षणको निरीक्षण गरिन्

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्

नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu