काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा र गाली सहनुपरेको बताएका छन् ।
Originally published on abcnews.com.np.
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा र गाली सहनुपरेको बताएका छन् ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा आफूविरुद्ध भएको आलोचनाप्रति प्रतिक्रिया जनाएका हुन् ।
थापाले जन्मेदेखि अहिलेसम्म आफूले जति निन्दा र आलोचना भोगेको भए पनि पछिल्ला तीन दिन त्यसको तुलनामा निकै बढी भएको दाबी गरे ।
‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो,’ उनले भने ।
उनले पछिल्ला दिनमा सञ्चारमाध्यमका हेडलाइनमा समेत आफूलाई लक्षित आलोचनात्मक विषयवस्तु प्रमुख रूपमा आएको बताए ।
देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा आफ्नो नेतृत्व र कार्यसमितिमाथि गरिएको टिप्पणीप्रति थापाले असन्तुष्टि जनाएका हुन् ।
भेलामा आफूलाई लक्षित गर्दै गरिएका टिप्पणी र आरोपले दुःख लागेको बताउँदै उनले पछिल्ला तीन दिनको आलोचनालाई आफ्नो राजनीतिक जीवनकै असहज अवधिका रूपमा प्रस्तुत गरे ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्