ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा नेकपाका मन्त्री टुंगिएनन्, मन्त्री नबन्दै शिवसिंह ओलीलाई बधाईको ओइरो


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : २५   बजे

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्री नियुक्तिको टुंगो लाग्न सकेको छैन। मुख्यमन्त्री खगराज भट्ट नियुक्त भएको तीन दिन बितिसक्दा पनि नेकपाले पाउने तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम तय हुन नसकेको हो।

शुक्रबार भट्ट मुख्यमन्त्री नियुक्त भएकै दिन नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका थिए। सत्ता गठबन्धनको भागबन्डाअनुसार अब नेकपाले तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुपर्नेछ।

तर, मन्त्रीको नाम टुंगो नलाग्दै डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवसिंह ओलीलाई भने भौतिक पूर्वाधार मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।

आइतबार दिउँसोदेखि ओलीको तस्बिरसहित बधाई तथा शुभकामना दिने क्रम सुरु भएको थियो। प्रदेशसभा सदस्यदेखि गाउँपालिकाका पूर्वअध्यक्ष र पार्टीका कार्यकर्तासम्मले उनलाई मन्त्री बनेको भन्दै बधाई दिएका छन्।

ओली आफैँले भने आफू मन्त्री नियुक्त नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत खण्डन गर्नुपरेको छ। उनले सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम र जिम्मेवारीबारे पार्टीमा छलफल चलिरहेको र अहिलेसम्म टुंगो नलागेको बताएका छन्।

‘सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्मा नेकपाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको जिम्मेवारी र नाम अझै पार्टीमा छलफल चलिरहेको र टुंगो नलागेको जानकारी गराउँदछु,’ ओलीले लेखेका छन्।

मन्त्रीको टुंगो नलाग्दै बधाईको ओइरो आएपछि ओलीले आइतबार साँझ आफूलाई फोन र सामाजिक सञ्जालमार्फत धेरैले बधाई दिइरहेको भन्दै हैरानीसमेत व्यक्त गरेका थिए।

मन्त्री नबन्दै सांसदलाई बधाई

कांग्रेस सांसद ललिता सुनारले समेत सोमबार बिहान ओलीको तस्बिर राखेर उनलाई भौतिक पूर्वाधार मन्त्री बनेको भन्दै बधाई दिएकी छन्। यस्तै, धेरै शुभचिन्तक र आफन्तले फोन तथा सामाजिक सञ्जालबाट उनलाई शुभकामना दिएका छन्।

ओलीनिकट एक नेताका अनुसार पार्टीभित्र ओलीलाई मन्त्री बनाउनुपर्ने धारणा रहे पनि औपचारिक रूपमा मन्त्रीको मापदण्ड र नाम तय भइसकेको छैन।

आकांक्षी धेरै, भागबन्डा मिलाउन सकस

सत्ता गठबन्धनको सहमतिअनुसार साविक माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना मन्त्री बनाउने तयारी छ। तर, मन्त्रीका आकांक्षी धेरै भएपछि नाम टुंग्याउन नेतृत्वलाई सकस भइरहेको छ।

सुदूरपश्चिममा पछिल्लो चार वर्षमा प्रदेशसभाका अधिकांश सांसद मन्त्री बनिसकेका छन्। साविक नागरिक उन्मुक्ति पार्टीका सबै तथा साविक नेकपा एकीकृत समाजवादीका प्रकाश रावल बाहेक अधिकांश सांसद मन्त्री भइसकेका छन्।

साविक माओवादीबाट भने शिवसिंह ओली, दार्चुलाका मानबहादुर धामी र कैलालीकी जानकी पौडेल कुँवर मन्त्री बन्न बाँकी छन्। धामी र रावल यसअघि प्रदेश सरकारमा मन्त्री भइसकेका थिए।

नेकपाभित्र यसपटक अहिलेसम्म मन्त्री नबनेका सांसदलाई प्राथमिकता दिनुपर्ने माग रहे पनि त्यसका लागि औपचारिक मापदण्ड भने तय भइसकेको छैन। यही कारण मन्त्री चयन प्रक्रिया लम्बिने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu