विराटनगर, २ वैशाख । मोरङको रतुवामाई नगरपालिका–२ मा आज खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ ।
घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पु-याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई चिकित्सकले मृत घोषित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्