काठमाडौं । मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।
उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई मंगलबार बिहान ९ः१५ बजे काठमाडौंस्थित छाउनी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार लक्ष्मी बडुको अवस्था गम्भीर छ भने मुख्य न्यायाधीश डाँगी, रितेन्द्र र रिता बडुको अवस्था मध्यम छ।
यसअघि स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो।
मंगलबार बिहान काठमाडौंको वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्