ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि काठमाडौंमा पानी पर्ने, दिउँसोपछि मध्यम वर्षाको सम्भावना


ABC NEWS
३ भदौ २०८३, बुधबार   ७ : २५   बजे

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बुधबार पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार उपत्यकामा आज मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

मौसमविद् दाहालका अनुसार बिहानदेखि दिउँसोसम्म काठमाडौँको मौसममा घाम र बादलको अवस्था देखिए पनि अपराह्नतिर वर्षा हुने सम्भावना बढ्नेछ।

उनका अनुसार दिउँसो २–३ बजेदेखि वर्षा सुरु हुनसक्ने सम्भावना छ। वर्षा सुरु हुनुअघि भने उपत्यकाको आकाशमा सामान्यतया बादल लाग्नेछ र केही समय घामसमेत देखिन सक्नेछ।

“पानी पर्नुअघिसम्म काठमाडौँ उपत्यकाको मौसम घाम र बादलले भरिने देखिन्छ,” मौसमविद् दाहालले बताएका छन्।

उनका अनुसार दिउँसो केही समय मौसम खुले पनि अपराह्न वा साँझपख फेरि बदलीसँगै वर्षा सुरु हुनसक्नेछ।

यात्रा गर्दा सावधानी अपनाउन आग्रह

अपराह्न र साँझको समयमा वर्षाको सम्भावना रहेकाले सडकमा यात्रा गर्ने सर्वसाधारणलाई मौसमको अवस्था हेरेर यात्रा गर्न सुझाव दिइएको छ। वर्षाका कारण सडकमा पानी जम्ने, सवारी आवागमन प्रभावित हुने तथा उपत्यकाका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।

मनसुनी गतिविधि सक्रिय रहेकाले आगामी दिनमा पनि काठमाडौँ उपत्यकामा मौसम बदलीसँगै वर्षाको सम्भावना कायम रहने मौसमविद्हरूले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 कीर्तिपुरबाट देखिएको स्वयम्भू महाचैत्यको मनमोहक दृश्य

१० वर्षमा पनि बनेन मनाङको ङावल–हुम्डे मोटरेबल पुल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन

Food Aid Cuts Coincide With Billions Unspent At Immigration Agency

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu