ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलकाताको होटलमा भीषण आगलागी, एक बालकसहित ९ जनाको मृत्यु


ABC NEWS
३ भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । भारतको पश्चिम बंगालस्थित कोलकाताको नयाँ बजार क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

अस्पताल स्रोतका अनुसार धुवाँका कारण निसासिएर उनीहरूको मृत्यु भएको हो । घटनामा अन्य छ जना गम्भीर घाइते भएका छन् । उनीहरूको एसएसकेएम मेडिकल कलेजमा उपचार भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मृतकमध्ये उपचारका लागि कोलकाता आएका केही बंगलादेशी नागरिकसमेत रहेको बताइएको छ । यद्यपि प्रहरीले मृतकहरूको पहिचान भने औपचारिक रूपमा पुष्टि गरेको छैन ।

प्रहरीका अनुसार बुधबार बिहान करिब २ बजे होटलको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । आगो क्रमशः आसपासका भवनमा समेत फैलिएको थियो ।

आगलागीको सूचना पाएलगत्तै नयाँ बजार प्रहरी चौकीका प्रहरी र दमकल टोली घटनास्थल पुगेका थिए । उनीहरूले होटलभित्र फसेका व्यक्तिको उद्धार सुरु गरेका थिए ।

दमकलका एक अधिकारीले प्रारम्भिक अनुसन्धानका आधारमा सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने बताए । यद्यपि आगलागीको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र खुल्ने उनको भनाइ छ ।

प्रहरीले होटलका प्रबन्धकलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको छ ।

यसअघि सोमबार पनि पश्चिम बंगालको वीरभूम जिल्लास्थित तारापीठको एक होटलमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ हजार धरौटीमा छुटे सार्वजनिक शान्तिविरुद्धको मुद्दामा थुनामा परेका तीन युवा

रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

सम्बन्धित

बासुदेव खोलाले बगाएका दुई बालिकामध्ये थप एकको शव फेला

कालभैरव मन्दिरमा हरेलो मेला, धार्मिक पर्यटनमा निजी क्षेत्रको लगानी बढाउनुपर्नेमा जोड

सहिद स्मारकमा बन्यो हिमालको आकर्षक आकृति, पर्यटक तान्ने अपेक्षा

भदौमा ११ दिन सार्वजनिक बिदा, दुईपटक तीन दिन लगातार छुट्टी

बर्खामा ढोरपाटन यात्रा जोखिमपूर्ण, ठाउँ–ठाउँमा पहिरोले पर्यटकलाई सास्ती

देउवाले भने– ‘म हिन्दु हुँ, अरू धर्मको विरोधी होइन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu