काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका वरिष्ठ नेता प्रदीप गिरिको स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
भदौ ४ गते परेको गिरिको स्मृति दिवसमा थापाले सामाजिक सञ्जालमार्फत गिरिप्रति श्रद्धासुमन व्यक्त गरेका हुन्। उनले गिरिसँग बिताएका समय, आफूले पाएको प्रेरणा र राजनीतिलाई हेर्ने उनको फराकिलो दृष्टिकोणलाई स्मरण गरेका छन्।
गिरिसँगको पुरानो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै थापाले लेखेका छन्, ‘आदरणीय प्रदीप गिरि दाइको स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँसँग बिताएका पलहरू, उहाँबाट पाएका प्रेरणा र राजनीतिलाई हेर्ने उहाँको फराकिलो दृष्टिकोण मेरा लागि सधैँ मार्गदर्शन बनिरहनेछ।’
प्रदीप गिरिको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्