ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशासनिक ढिलाइको दोष विद्यार्थीलाई दिन नमिल्ने, मनिता गुरुङलाई स्वर्णपदक दिन सर्वोच्चको आदेश


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ११ : ०५   बजे

 

काठमाडौं । विश्वविद्यालयको प्रशासनिक ढिलाइका कारण सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई स्वर्णपदकबाट वञ्चित गर्न नमिल्ने ठहर गर्दै सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालयलाई मनिता गुरुङलाई कानून स्नातकोत्तरको स्वर्णपदक प्रदान गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले चक्रवर्ती हबि एजुकेशन एकेडेमीबाट एलएलएम अध्ययन गरेकी गुरुङलाई स्वर्णपदक दिन आदेश दिएको हो। शैक्षिक सत्र २०१८–२०२० मा गुरुङले ८३ दशमलव १२ प्रतिशत अंक प्राप्त गरेकी थिइन्।

तर पूर्वाञ्चल विश्वविद्यालयले ७६ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेका योगबहादुर पाललाई स्वर्णपदकका लागि सिफारिस गरेको थियो। गुरुङले पालको भन्दा ६ दशमलव ८७ प्रतिशत बढी अंक प्राप्त गरे पनि शोधपत्रसम्बन्धी प्रक्रिया निर्धारित समयभित्र पूरा नभएको भन्दै विश्वविद्यालयले उनलाई स्वर्णपदक दिन अस्वीकार गरेको थियो।

त्यसविरुद्ध गुरुङ सर्वोच्च अदालत पुगेकी थिइन्। अदालतले परीक्षाफल प्रकाशित भएको मितिले तोकिएको तीन महिनाको समयसीमा सकिनुभन्दा एक दिनअघि अर्थात् सन् २०२१ डिसेम्बर २३ मै गुरुङले शोधपत्र बुझाएको तथ्य पुष्टि गरेको छ।

शोधपत्र समयमै बुझाइसकेपछि बाह्य परीक्षक नियुक्त गर्ने, भाइवा लिने र लब्धाङ्कपत्र जारी गर्ने काम कलेज तथा विश्वविद्यालयको प्रशासनिक प्रक्रियाभित्र पर्ने सर्वोच्चको ठहर छ।

अदालतले प्रशासनिक वा प्रक्रियागत कमजोरीको दोष विद्यार्थीलाई लगाएर सर्वोत्कृष्ट अंक हासिल गरेकी गुरुङलाई स्वर्णपदकबाट वञ्चित गर्नु प्राकृतिक न्याय र समानताको मौलिक हकविपरीत हुने स्पष्ट पारेको छ।

सर्वोच्चले यसअघि योगबहादुर पाललाई स्वर्णपदक दिने विश्वविद्यालयको निर्णयसमेत बदर गर्दै गुरुङको नाम स्वर्णपदकको सूचीमा कायम गरी आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नै पदक प्रदान गर्न आदेश दिएको हो।

साथै, आगामी दिनमा समयमै शोधपत्र बुझाउने विद्यार्थीको भाइवा तथा अन्य प्रक्रिया विश्वविद्यालयकै कारण ढिला भए त्यसको जिम्मेवारी विद्यार्थीलाई नथोपर्न उपकुलपति, रजिष्ट्रार र परीक्षा नियन्त्रकलाई निर्देशन दिएको छ।

अदालतले शोधपत्र समयमै बुझाएको मितिलाई आधार मानी आवश्यक शैक्षिक प्रक्रिया पूरा भएको मान्दै विद्यार्थीलाई लब्धाङ्कपत्र तथा दीक्षान्त समारोहमा स्वर्णपदक उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न १५ सदस्यीय कार्यदल गठन

सम्बन्धित

शिक्षण सहयोग अनुदानका शिक्षकदेखि इसिडी सहजकर्तासम्मको तलब बढ्यो

‘लिटल ग्ल्याम रनवे २०२६’ का विजेता घोषणा

नेपालमा हरित हाइड्रोजनको सम्भावनाबारे पुस्तक सार्वजनिक

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

शिक्षकको करियर विकासलाई प्राथमिकता दिएर शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालाको सुझाव

पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षामा अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu