काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलका सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहेका छन्।
संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यदलको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा संसदीय दलको विधान संशोधनका विषयमा छलफल गर्दै आगामी कार्ययोजना तय गरिने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्