ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखामा मरुवा रोगले चैते धान उत्पादन आधाले घट्यो


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १२ : २५   बजे

गोरखा । गोरखामा यस वर्ष चैते धानको उत्पादन मरुवा रोगको प्रकोपका कारण करिब आधाले घटेको छ। रोगका कारण जिल्लाभर करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर करिब ३ हजार मेट्रिक टन चैते धान उत्पादन भएको थियो। यस वर्ष उत्पादन घटेर करिब १ हजार ५ सय मेट्रिक टनमा सीमित भएको छ।

जिल्लाभर ७२५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा करिब ५ हजार रोपनीमा मरुवा रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। रोगका कारण कतिपय क्षेत्रमा बाली पूर्ण रूपमा नष्ट भएको छ भने अन्य प्रभावित क्षेत्रमा करिब १५ प्रतिशतसम्म उत्पादनमा क्षति पुगेको बताइएको छ।

गुणस्तरीय बीउ प्रयोग गर्न सुझाव

कृषि विकास अधिकृत विवेक पौडेलका अनुसार गत वर्ष धान भित्र्याउने समयमा वर्षा भएकाले किसानले सोही बालीबाट बीउ राखेर प्रयोग गर्दा रोगको प्रकोप बढेको हुन सक्ने अनुमान गरिएको छ।

“गुणस्तरीय तथा रोगमुक्त बीउ प्रयोग गर्न सके मरुवा रोगको जोखिम कम गर्न सकिन्छ,” पौडेलले भने।

६७ लाखको प्रवर्द्धन कार्यक्रम प्रभावित

कृषि विकास कार्यालयका अनुसार चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष ६७ हेक्टर क्षेत्रमा खेती गरिएको थियो। उक्त कार्यक्रमका लागि ६७ लाख रुपैयाँ खर्च गरिएको भए पनि रोगको प्रकोपका कारण अधिकांश क्षेत्रमा उत्पादन प्रभावित भएको छ।

कार्यालयले किसानलाई उन्नत बीउ, हाते ट्र्याक्टर, स्प्रे ट्याङ्की, सिँचाइ मोटर, बोरा, त्रिपाल तथा कुटानी–पिसानी मेसिनलगायत सामग्री उपलब्ध गराएको जनाएको छ। सिँचाइ सुविधा विस्तारका लागि ८३० मिटर पक्की कुलोसमेत निर्माण गरिएको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले बताए।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहीद लखन गाउँपालिका र सिरानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा चैते धान खेती हुँदै आएको छ।

आगामी वर्ष उत्पादन वृद्धि गर्न रोगमुक्त तथा गुणस्तरीय बीउ प्रयोग, रोग व्यवस्थापन र किसानलाई समयमै प्राविधिक परामर्श उपलब्ध गराउनुपर्ने कृषि प्राविधिकहरूको सुझाव छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको लोकेसन र पुग्ने समय एपबाटै थाहा पाइने

रास्वपाले सुरु गर्दै ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, अर्थमन्त्री वाग्लेले नागरिकसँग संवाद गर्ने

सम्बन्धित

छाडाचौपायाको समस्या समाधान गर्न किसानको गाउँपालिका परिसरमा विरोध

भोजपुरमा आलु खेतीप्रति किसानको आकर्षण बढ्दो, गाउँमै पुगेर व्यापारीले किन्न थाले

पर्वतमा गाईमा लम्पी स्किनको आशंका, खोपसँगै नमुना परीक्षण सुरु

सप्तरीमा मल वितरणमा अनियमितताको आरोप, किसानको उजुरीपछि प्रशासनले माग्यो विवरण

धान–तोरीको खेतमा ‘ताइवानी अम्बा’, बाँकेकी सिर्जनाले वर्षमै गर्दैछिन् पाँच लाखसम्म आम्दानी

दुग्ध किसानको आशा फर्काउँदै डिडिसी : आठ महिनाको बक्यौतादेखि नियमित भुक्तानीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu